जाँदाजाँदै लिलामणी पौडेलको यस्तो छ मन्तव्य


 


lilamani poudelमुख्य सचिव लीलामणी पौडेल बिहिवारदेखि विदामा बसे। मन्त्रिपरिषद्को बुधवारको बैठकले स्थानीयविकास सचिव सोमलाल सुवेदीलाई मुख्य सचिवमा बढुवा गरेपछि पौडेल विदा बसेका हुन्।

शुक्रवारदेखि कार्यकाल सकिने पौडेलले नवनियुक्त मुख्य सचिव र अरु सचिवहरुसँग विदाईका क्रममा लिखित भाषण दिएका छन्। सहकर्मी सचिवहरुलाई धन्यवाद र शुभकमना सहित सत्रवुँदे मन्तव्यमा पौडेलले निजामति सेवाका विभिन्न आयामलाई समेटेका छन्। २७ वर्षे सेवाकालको अनुभवको सार सहित पौडेलले दिएको मन्तव्य यस्तो छ

प्रिय सचिव,

धन्यवाद तथा शुभकामना

१. यही २२ साउन २०७२ देखि म निजामती सेवाबाट निवृत्त  हुँदैछु। मेरो २७ वर्षको निजामती सेवाको कार्यावधि मेरा लागि सुखद् र वैयक्तिक उपलब्धिका हिसाबले श्रेयष्कर रह्यो। निजामती सेवामा प्रवेश गरेको पहिलो पुस्ताको पारिवारिक पृष्ठभूमि र आफू हुर्केको ठाउँको समीपमा औपचारिक शिक्षाका लागि प्राथमिक तहको विद्यालयसमेत उपलब्ध नभएको कठिन ग्रामीण वातावरणबीच माध्यमिक तहसम्मको शिक्षा लिएर २०४५ सालमा निजामती सेवामा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्किनु परेन।

२. सेवामा प्रवेश गरेको दिनदेखि नै आफ्नो जिम्मेवारीलाई मैंले कहिल्यै हल्का ढङ्गले लिइन र दोस्रो प्राथमिकतामा राखिन। आफ्नो र आफ्नो संस्थाको स्वार्थबीच द्वन्द्व हुँदा सधैँ संस्थाको पक्षमा, आफ्नो संस्था र राष्ट्रको स्वार्थबीच द्वन्द्व हुँदा सदैव राष्ट्रको स्वार्थमा दृढतापूर्वक उभिएको छु। संगठित र साह्रै शक्तिशाली स्वार्थ समूहले राष्ट्रिय वा सार्वजनिक स्वार्थ विपरीत निर्णय गर्नरगराउन दिइने दबाव र त्यस्ता दबावमा नझुक्दा हतोत्साही बनाउन वा अनेकौं हतकण्डा अपनाएर निराश बनाउनरगलाउन हुने प्रयत्‍नका अनेकौं घटना सङक्रमणकालका नाममा हामीले भोग्दै आएको नियति हो।

३. नैतिक मूल्य(मान्यता, सदाचार, स्वच्छता र इमान्दारीका लागि मैले आफैसँग र आफ्नासँग धेरै पटक लडेको छु। मूल्य(मान्यता र डरधाकरलोभलालचरदबाव, आफ्ना वा आफन्त/स्वजनका प्रभाव वा मोलाहिजाबीचको द्वन्द्वमा आफैंभित्र अङकुरित खराब विचारलाई जित्‍न लडिने लडाई नै सबैभन्दा कठिन हुन्छ। दबाव र प्रभावको प्रतिरोध गर्दा प्रतिफलमा अकल्पनीय क्षतिको सम्भावनाको डर वा लोभलालचमाथि एकपटक विजय प्राप्त गरेपछि संसारका कुनै पनि बाँकी शक्तिसँग लड्नु कुनै कठिन काम होइन भन्‍ने पाठ मैंले सिकेको मेरो कार्यजीवनको सबैभन्दा बहुमूल्य सम्पत्ति हो।

यस क्रममा भोगेका तनावपूर्ण घडीलाई लामो समयसम्म कार्यजीवनमा आउन नदिने प्रयत्‍न मैले मेरो जीवनमा गरेको एउटा सफल प्रयोग पनि थियो । सफलतामा  नमात्तिनु र असफलताबाट नआत्तिनु अर्थात् अधिक खुसीरबेचैनी दुबै प्रगतिका बाधक हुन् भन्‍ने मूलमन्त्र मलाई निरन्तर क्रियाशील बनाउने सूत्र बनिरहे। यिनै परिस्थितिका माझ आजका दिनसम्मको कठिन र चुनौतिपूर्ण यात्रा गरेको तथ्य सगर्व तपाईँहरुसँग बाँड्न पाउँदा मलाई खुसीको अनुभूति हुन्छ ।

४. मैले सार्वजनिक सेवामा सिकेको दोस्रो शिक्षा भनेको जनताका हितमा काम गरी उनीहरूका मुहारमा खुसी ल्याउँदा प्रतिफलमा आउने आनन्दानुभूति हो। सेवाबापत पाउने पारितोषिक एवं वृत्ति विकासको विशिष्ट अवसर र त्यसबाट सामाजिक हैसियत पनि केवल सार्वजनिक सेवामा लाग्नेलाई मात्र उपलब्ध छ। यो नै राष्ट्सेवकलाई प्राप्त अद्वितीय अवसर हो। राष्ट्रसेवक बाहेकका अन्य सबैले त्यस्तो अनुभूति र प्रतिफल प्राप्त गर्न आफ्नो व्यक्तिगत जीवन र सम्पत्ति खर्चिनु पर्छ।

५. निजामती सेवामा मैले प्रवेश गर्दाको समय र अहिलेको तुलना गर्दा नयाँ पुस्तामा ज्ञान र क्षमता बढेको छ। मुलुकको राजस्वमा ठूलो वृद्धि भएको छ। बैंक तथा वित्तीय बजारको विकास भएको छ। सामाजिक विकासका सूचक तथा सडक, सञ्‍चार जस्ता पूर्वाधार एवं मानवअधिकार, स्वतन्त्रताजस्ता प्रजातान्त्रिक मूल्यमान्यताका मानकमा हामीले अन्य धेरै मुलुकको दाँजोमा उल्लेख्य उपलब्धि हासिल गरेका छौं। सामुदायिक वनबाट वनको संरक्षणमा र स्वास्थ्य स्वयंसेविकाको प्रयोगले स्वास्थ्य सेवामा सुधार विश्‍वमै गर्व गर्न लायक विषय हुन्।

तर, हाम्रो आर्थिक वृद्धि, रोजगारी सिर्जना, निर्यात व्यापार र उत्पादनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता नराम्रोसँग खस्किएका छन्। उपभोगवादी प्रवृत्ति र जुनसुकै माध्यमबाट कमाएको धनलार्इ सामाजिक मान्यता प्राप्त हुनुले भ्रष्टाचारजन्य क्रियाकलापलाई प्रोत्साहन मिलेको छ। यही कालखण्डमा निजामती सेवा राजनीतिक दल, जाति, भाषा, वर्ण, लिङ्ग र क्षेत्रका आधारमा गहिरोसँग विभाजित भएको छ।

निष्पक्षता र पेसागत विज्ञताजस्ता निजामती सेवाका मूल चरित्रहरू गुमेको  अवस्था छ। उत्तरदायित्व प्रणालीमा ह्रास आएको छ। अनुशासन, आदेशको श्रृङखला तथा आदेशको एकात्मकता भत्केको छ। यस पृष्ठभूमिमा माथिका विकृतिविरुद्ध दृढतापूर्वक उभिन,  सार्वजनिक प्रशासनलाई निष्पक्ष र जनमैत्री बनाउन तथा जनताका गुनासा सम्बोधन गर्नका लागि मैंले सार्वजनिक प्रशासनका संयन्त्रहरू परिचालन गर्न क्षमताले भ्याएसम्म कुनै कसर बाँकी राखिन।

६. सार्वजनिक सेवामा कार्यरतहामी शासक होइन जनताका सेवक हौं भन्ने भावना विकास गरी सार्वजनिक सेवालाई उत्तरदायी र संवेदनशील बनाउनका लागि पहुँच नभएका असङ्गठित जनताका पीरमर्का रगुनासा सुनेर सम्वोधन गर्ने सरुवा, बढुवा एवं विभागीय कारबाहीलार्इ पूर्वानुमानयोग्य बनाएर प्रशासनमा देखिएको अतिराजनीतिकरणलार्इ निस्तेज बनाउने, ठेक्कापट्टfमा गुण्डागर्दी रोक्नेस गैरसरकारी संस्थाका क्रियाकलापलार्इ व्यवस्थित गर्ने, वैदेशिक सहायतामा दाताहरूको हस्तक्षेप, विलासीवस्तुको प्रयोग र महङ्गा तथा अनावश्यक विदेशी परामर्शदाता निरुत्साहित गर्ने, परामर्शदाताभन्दा स्थायी संयन्त्रको क्षमता विकास गर्ने, गैससका निम्तोमा उच्चपदस्थले मुलुकको मर्यादा विपरीत भ्रमण गर्न निरुत्साहित गर्ने विदेशीसँगको भेटघाटलार्इ व्यवस्थित गर्ने, सूचना प्रविधिको अधिकतम प्रयोगबाट पारदर्शी र अवैयक्तिक सेवाप्रवाह गर्ने, समयमा ठेक्काको काम सम्पन्न नगर्नेलार्इ कारवाही गर्ने, भौतिक निर्माणमा  हुने गुणस्तरहीन कामको परीक्षण सतर्कता केन्द्रबाटै नियमित रूपमा गराउने, समयमा काम नगर्ने कर्मचारीलार्इ कार्यसम्पादन मूल्याङ्कनमा अङ्क घटाइदिने, सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीचको खाडल साँघुरो बनाउने, विपन्न र दुर्गम स्थानका जनतालार्इ मेडिकल कलेजबाट  निशुल्क अनिवार्य स्वास्थ्य सेवा पुर्‍याउने, विपन्न र पछाडिपरेका वर्गरसमुदायका बालबालिकालार्इ संस्थागत विद्यालयले दिनैपर्ने छात्रवृत्ति र स्वास्थ्य संस्थाले गराउनुपर्ने निशुल्क उपचारमा पहुँच सुनिश्चित गर्ने, औषधी, मेडिकल सेवा र शिक्षा सेवामानाफाखोर प्रवृत्तिलार्इ नियन्त्रण गर्ने, राजनीतिको कारणले नतिजा राम्रो नल्याउने शिक्षकलार्इ बिना मोलाहिजा कारबाही गर्ने, खाद्य पर्दाथमा हुने मिसावट, अस्वभाविक मूल्यवृद्धि र विषादीको जथाभावी प्रयोगलार्इ नियन्त्रण गर्न संस्थागत सुदृढीकरण गर्ने र परीक्षणरनिगरानी बढाउने, कृषिउपजमा उत्पादक र उपभोक्ता दुवै ठगिने गरी भइरहेका नाफाखोर विचौलियालार्इ नियन्त्रण गर्ने,चुरेविनासरअधिकदोहनलार्इनियन्त्रणगर्ने,चेलीबेटीकोबेचबिखनमासंलग्ननिकृष्टअपराधीलार्इकडादण्डदिने,वैदेशिकरोजगारीमादेखिएकाठगीरविकृतिलार्इदृढतापूर्वकनियन्त्रणरनियमनगर्ने,सडकयातायातमा सिन्डिकेट चलाउनेलार्इ बिना मोलाहिजा कारबाही गर्ने, भारवहन क्षमताभन्दा बढी ढुवानी वा यात्रु ओसारपसार गर्ने र चेकजाँच गर्नेलार्इ समेत कारबाही गर्ने, सडक दुर्घटना न्यूनीकरणका उपाय कार्यान्वयन गर्नेस दुर्ग, क्षेत्रमा काम गर्नेहरूलार्इ वैदेशिक तालिममा मनोनयन गर्ने र खटिएका ठाँउमा नबस्ने तथा काममा लापरवाही गर्नेलार्इ विभागीय कारबाही गर्नेजस्ता तपाँर्इको सहभागितामा हामीले थालेका थुप्रै सुधारका कामलार्इ जनताले अनुभूत गर्ने गरी अगाडि बढाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु।

७. त्यसैगरी, महिला हिंसा विरुद्ध संयन्त्रलार्इ सक्रिय र उत्तरदायी बनाउन,दलित समुदायमाथिको सामाजिक विभेद र बोक्सीका नाममा महिलामाथिको हिंसा जस्ता सामाजिक अपराध हटाउन, अपाङ्गता भएका व्यक्तिको क्षमता र मनोबल बढार्इ स्वावलम्बी एवं आत्मसम्मानयुक्त जीवन जीउन आवश्यक संरचनागत सुधार एवं जीविकोपार्जनका कामलार्इ स्थानीय तहसम्म पुर्‍याउन, मानवाधिकारको रक्षा र भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकारको हो भन्ने मान्यता अनुरूप काम गर्न, बालश्रम प्रयोग गर्ने राष्ट्रसेवकलार्इ विभागीय कारबाही समेत गर्न र अन्य क्षेत्रमा हुने बालश्रम रोकथामका लागि सरकारी निकायलार्इ जिम्मेवार एवं सक्रिय बनाउन तथा सरसफाइ, स्वस्च्छता एवं स्वस्थ्य जीवनयापनका लागि हामीले थालेका राष्ट्रव्यापी अभियानलार्इ उचाइमा पुर्‍याउन तपार्इँको निरन्तर कृयाशिल र सफल हुनु हुनेछ भन्ने विश्वास पनि लिएको छु।

८. तीब्र विकासको गतिमा अगाडि बढेको विश्‍व र हाम्रा छिमेकीलाई पछ्याउन हाम्रा जनशक्तिमा लगानी बढार्इ उनीहरूलाई सक्षम र क्षमतावान बनाउनै पर्छ। उच्चस्तरीय नेतृत्व निर्माणका लागि विश्‍वविख्यात विश्‍वविद्यालयका प्राध्यापकको संलग्नतामा मध्यमस्तरका निजामतीलाई तालिम दिने र अधिकृतस्तरको आधारभूत तालिमलाई छ महिनाको आवासीय बनाउने क्रममा हामी धेरैले पसिना बगाएका छौँ। संस्थागत स्वरूप ग्रहण गरिसकेका यी दुबै कार्यलाई अझ विस्तार, सुदृढ र गतिशील बनाउने जिम्मेवारी तपाईको काँधमा छोडेको छु ।

९. २०७२ वैशाखको विनाशकारी भूकम्पबाट मुलुकमा विशिष्ट परिस्थितिको सिर्जना हुन पुगेको छ। यसबाट क्षतविक्षत भौतिक पूर्वाधारको नवनिर्माणसँगै जनतामा आशा एवं विश्वासको सञ्चार गर्न हामीले हाम्रा सामर्थ्यलाई बढाउनै पर्छ। अवको नवनिर्माण प्रकोप प्रतिरोधी, वातावरणमैत्री, स्थानीय स्रोतको अधिकतम उपयोग गर्ने र नेपाली युवालाई नेपालमै रोजगारी सिर्जना गर्ने हुनुपर्नेमा तपाइँको पर्याप्त ध्यान पुग्नेछ भन्ने मैले ठानेको छु।

१०. प्रक्रियामुखी प्रशासनलाई नतीजामुखी र सेवाप्रवाहलाई निष्पक्ष एवं पारदर्शी बनाई निजामती सेवालाई सक्षम, प्रभावकारी र उत्तरदायी बनाउनु हाम्रो अभीष्ट हो । प्रशासनयन्त्र राजनीतिक प्रणालीभित्रको उपप्रणाली भएको हुँदा सरकारका नीति, कार्यक्रम र योजनाको इमान्दारीकासाथ कार्यान्वयन गर्नु यस सेवाको अनिवार्य दायित्व हो। जनताको योगदानबाटै हाम्रो वृत्ति चल्ने हुँदा ‘जनता हाम्रा मालिक हुन्’ भन्ने भावनाको विकास गर्न हामीहरूले इमान्दार प्रयत्‍न गर्नैपर्छ।

११. सार्वजनिक सेवामा देखिएका सबैखाले विकृति विरुद्ध सङ्गगठित समूहसँग सोझो लडाईँमा आफूलाई होम्दै अरू राष्ट्रसेवकहरूलाई त्यसो गर्न उत्प्रेरित गर्ने र ढाडस दिने काममा मैंले कुनै कन्जुस्याँइ गरेको छैन। मुख्यसचिवको सचिवालयलाई मेची- महाकाली र तराई – हिमालसम्म पुर्‍याएको अनुभूति म तपाईलाई सगर्व बाँड्न चाहन्छु। अबको चुनौती त्यो भूमिका तल्लो तहमा सार्नु हुनेछ। साथै, सङक्रमणकालीन अवस्थामा सेवाप्रवाहलार्इ निरन्तरता दिने र कर्मचारी व्यवस्थापन गर्ने जस्ता पेचिला कार्यभार पूरा गर्ने जिम्मेवारी तपाईँको सङ्घारमा छ ।

१२. राजनैतिक नेतृत्वसँग विश्‍वास आर्जन गर्न खोज्दाखोज्दै नेतृत्व परिवर्तन हुने र एउटा राजनैतिक नेतृत्वले विश्‍वास गरेपछि बिनाकारण अर्कोले शङ्का गर्ने तथा नयाँसँग विश्‍वास लिँदालिँदै कार्यकाल सकिने अनुभूति हामीले धेरै पटक गरेका छौँ। छिटो छिटो परिवर्तन भैरहने राजनीतिज्ञ र राजनीतिज्ञको आडमा कर्मचारी कज्याउन खोज्ने अनधिकृत शक्तिशाली समूहहरूको विश्‍वास आर्जन गर्न नसक्दा कामबाट विमुख हुनुपर्ने विडम्बनाको फलस्वप स्थायी सरकार अस्थायी बन्न पुग्दछ।अस्थिरता वा अनिश्चयले कार्यक्षमतामा ह्रास ल्याइरहेको छ । यस अवस्थाबाट पार पाउन आफ्नो काममा निष्पक्षता र अनधिकृत व्यक्तिसँगको सरसम्पर्कलार्इ निरुत्साहित गर्ने दृढता भएमा अन्तत: राजनैतिक नेतृत्वबाट विश्वास प्राप्त हुन्छ भन्ने अनुभूति मैले गरेको छु।

१३. निजामती सेवा कमजोर हुँदा राज्यसंयन्त्र नै कमजोर हुन्छ। विदेशीसँग सम्वाद र वार्तामा राष्ट्रिय स्वार्थको रक्षा यसको प्रमुख भूमिका हो। यो कमजोर बन्दा सार्वजनिक सेवाप्रवाह प्रभावित हुन्छ र सुशासन कायम हुन सक्दैन। सार्वजनिक प्रशासन सुदृढ हुनु भनेको कसैको इच्छा, लहड वा दबाव र मोलाहिजामा होइन कानुन, न्याय र विवेकबाट चल्न सक्षम हुनु हो। यसबाट कसैको क्षणिक तुष्टि पूरा नहुन सक्छ तर मुलुक र समाजले त्यसको प्रतिफल पाउँछ। मसँगको सहकार्यले तपाईँलाई यही बाटोमा लाग्न घचघच्याइरहोस् भन्ने चाहन्छु।

१४. मेरो कार्यकालमा मन, वचन र कर्मले सघाउने सबैलाई तपार्इँमार्फत हार्दिक धन्यवाद दिन्छु। तपाईँको सहयोग मेरा लागि उर्जाको स्रोत बन्यो।मेरो कार्यजीवनमा आलोचना गर्नेहरूलाई म उत्तिकै  धन्यवाद  दिन्छु। आज म जहाँ छु, जे छु, त्यसमा योगदान आलोचकहरूको पनि छ। आलोचनाले व्यक्तित्व निर्माणलाई नकारात्मक असर गर्दैन,आलोचनालाई खराब ठान्‍ने प्रवृत्तिले मात्रै व्यक्तित्व निर्माणलार्इ खुम्च्याउँछ भन्‍ने उदाहरण म आफै हुँ।

१५. मैंले सिकेको ज्ञान, सीप र दक्षता राज्यकै लगानीबाट प्राप्त भएको हो। जसका लागि मैंले पारिश्रमिकसमेत पाइसकेको छु। त्यसैले, मसँग भएको दक्षता वा ज्ञानरसीप राज्यको सम्पत्ति हो र म त्यसको रखवार मात्र हुँ। त्यो सम्पत्ति आवश्यक परेको बखत निशर्त र विना प्रतिफलको अपेक्षा राज्यलाई नै समर्पण गर्नु मेरो दायित्व हो।यो दायित्व निर्वाह गर्न म सधैँ तयार रहेको जानकारी गराउँदै आवश्यक पर्दा निस्सङ्कोच लिनुहोस् भन्ने आग्रह गर्दछु।

१६. सुधार कुनै जादु वा चमत्कार होइन र समुन्नत समाज निर्माणको छोटो बाटो पनि छैन। त्यो त त्याग, समर्पण, निष्ठा, इमान्दारी, मेहनत, अनुशासन र निरन्तरताको समग्र प्रतिफल हो। एउट विषयमा शत प्रतिशत होइन एक सय विषयमा एक एक प्रतिशत सुधार बढी दिगो र रूपान्तरणमुखी हुन्छ। मेरो कार्यकालमा हामीले जे पायौँ वा गर्यौं त्यो तपाईहरुकै सहयोग, सद्‍भाव वा योगदानबाट प्राप्त भएको हुँदा त्यो तपाईँहरूसँग बाँड्न चाहन्छु।

अपेक्षाअनुरूप मैंले जे गर्न सकिन त्यो मेरो वैयक्तिक कमजोरी वा क्षमताको अभावका कारण थियो भन्‍ने ठानेको छु। त्यसैले, त्यो अपजस म एक्लै सहर्ष ग्रहण गर्दछु। तपाईँप्रति वा कुनै राष्ट्रसेवकप्रति अनपेक्षित व्यवहार गरेको भए त्यो पदीय जिम्मेवारी निर्वाहको क्रममा पदीय धर्म निभाएको हुँदा त्यो त्यही पदलाई छाडेको छु भन्‍ने कुरा तपाईँ र तपाँई मार्फत सबै राष्ट्रसेवकसमक्ष पुर्‍यादिनु हुन आग्रह गर्दछु।

१७. अन्तमा, मैंले आफ्नो कार्यकालमा माथि भनिएका भावनालाई आफै व्यवहारमा उतार्ने र अरूलार्इ पनि त्यसै अनुरूप गर्न उत्प्रेरित गर्ने इमान्दार प्रयत्‍न गरेको छु भन्ने लाग्छ। यथार्थ मूल्याङ्कनका लागि सेवाग्राही र आमजनतालाई नै जिम्मा लगाउन चाहन्छु। निवृत्त जीवनकालमा लामो सहकार्यबाट प्राप्त वैयक्तिक सुसम्बन्धको अपेक्षा मैंले तपाईँबाट राखेको छु र त्यस्तै व्यवहार मैले देखाउने प्रयत्‍न गर्ने विश्‍वास दिलाउँछु । मेरो समग्र कार्यकालमा तपाइँले पुर्‍याउनु भएको सहयोगका लागि धन्यवाद दिँदै तपाईँको कार्यजीवनको सफलता र वैयक्तिक जीवन आनन्दमयरहोस् भन्‍ने हार्दिक शुभकामना छ।

साउन २०७२

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्