सामर्थ्यको कसीमा प्रदेश नं १ सबल राज्य


 


हाल मुलुकलाई संघीय शासन प्रणालीमा लैजानका लागि ६ वटा प्रदेशहरुको प्रस्ताव गरिएका छन् । जसमा नेपाल गणराज्यको सुदुर पूर्वी क्षेत्रमा प्रदेश नंं–१ भनेर एउटा राज्य प्रस्ताव गरिएको छ । उक्त राज्यको सामथ्र्यगत हैसियतको समान्य विश्लेषण मात्र यस लेखको मूल ध्यय हो ।

arjun rai
असीम दुङमाली

सामथ्र्यको दृष्टिकोणले प्रस्तावित प्रदेश–१ ( ….. राज्य) अन्य राज्य भन्दा कुनै पनि हालतमा कम र्छैन र, पछि पर्ने सम्भावना पनि देखिँदैन । पूर्वी नेपालमा हाल कायम रहेका हिमाली–३, पहाडी–८ (उदयपुर भित्री मधेश सहित), तराई–३ गरी जम्मा १४ वटा जिल्लाहरु समेटेर प्रस्ताव गरिएको नं.–१ राज्य सघीय गणराज्य नेपालको एक नम्बर स्थानमै आउन सक्ने प्रशस्त सम्भावनाहरु देखिन्छन् ।

प्राकृतिक एवम् भौगोकि बनावट, आर्थिक–सामाजिक तथा पूर्वधार विकासका आयमहरु सरसती हेर्दा प्रस्तावित छ राज्यहरु मध्ये सबैभन्दा सन्तुलित राज्य यहि नै देखिन्छ । नेपालको सन्दर्भमा विकासका पूर्वधारको रुपमा शिक्षा, सञ्चार, यातायात, उर्जा, वाणिज्य, साधन–स्रोत, जनशक्ति आदि प्रमुख हुन् ।

यस सन्दर्भमा प्रस्तावित एक नम्बर राज्यको वर्तमान अवस्था विश्लेषण गर्दा यो राज्यले चाँडै विकासको गति लिन सक्ने आधारहरु देखिन्छन् ।

सामाजिक साँस्कृतिक पक्ष
एक नम्बर राज्य सामासवक साँस्कृतिक पक्ष विविधायुक्त भइकन पनि सन्तुलित प्रकृतिको देखिन्छ । यस क्षेत्रको बाहुसँख्यक जनसँख्या क्रमशः क्षेत्री (१४.७७ प्रतिशत), राई(११.३२ प्रतिशत), ब्राहमण(११.२० प्रतिशत), र चौथोमा लिम्बुहरुको छ । समग्रमा जनजातिहरुको बाहुल्यता भए तापनि हिमाल, पहाड, तराई हरेक क्षेत्रमा मिश्रित बसोबास छ ।

वि.सं. २०६८ सालको जनगणना अनुसार यहाँको जनधनत्व १७५.६० रहेको छ । जातिगत विविधता अनुरुप सामाजिक मूल्य–मान्यता एवम् रीतिरिवाजहरुमा पृथकपन पाइन्छ । जुन यस राज्यको शोभाको रुपमा ग्रहण गर्न सकिन्छ । सबैको मौलिक धर्म सँस्कार परम्पराहरुले फल्ने–फूल्ने अवसर सुनिश्चित भएमा त्यसमो प्रभाव सकारात्मक नै हुनेछ ।

भूगोल
नेपालको सुदुर पूर्वी क्षेत्रमा हिमाल, पहाड तराइ सन्तुतिल रुपमा समेटिएको प्रस्तावित राज्य हो एक नम्बर राज्य ।उचाइको दृष्टिकोणले करिव ६० मिटर देखि सर्वोच्च शिखर ८८४८मिटर सम्म रहेको यस राज्यमा नेपालमा अवस्थित ८ हजार भन्दा अग्ला ८ वटा हिम शिखर मध्ये ६ वटा (सगरमाथा–८,८४८ मि., नुप्से–८,७५५मि., कन्चनजंघा–८,५८६ मि., ल्होत्से–८,५१६ मि., मकालु–८,४६३मि., चोयु–८,२०१ मि.) यहि राज्यमा परेका छन् ।

पर्यटन विकास निम्ति यी चुचुराहरुको दम कम आँक्न मिल्दैन ।सामुद्रीक निकटता र उत्तरमा अग्ला–अग्ला हिमालहरुको उपस्थितिले गर्दा यस क्षेत्रमा औसत वार्षिक ३,५०० मि.लि. भन्दा बढि वर्षात हुने गर्दछ । जुन कृषि र जैविक विविधाका लागि रामवाण सावित भइरहेको छ । संसारकै होचो अरुण उपत्यका जैविक विवधताको राजधानी हो । भौगोलिक रुपमा भारत र चीन दुवै तर्फ जोडिनु यस राज्यको थप आयम हो ।नेपाल गणराज्यको कुल क्षेत्रफल १,४७,१८१ व.कि.मि. को १७.६० प्रतिशत (२५,९०५ व.कि.मि.) ओगटेको यो राज्य दोश्रो ठूलो प्रस्तावित राज्य हो ।

जलस्रोत
नेपालको प्रमुख तीन नदीका क्षेत्र मध्ये सप्तकोशीको वहाव क्षेत्र यस राज्यमा पर्दछ । जुन बाह्रै महिना प्रशस्त पानी बहाव भएको नदिहरुको क्षेत्र हो । यी नदिहरुबाट जलविद्यूत उत्पादन गर्न सकिने उत्तिकै सम्भावना छ । हाल यस राज्य अन्तर्गतका नदि–खोलाहरुबाट साना ठूला गरी करिव साढे तेइस मेघावाट विद्यूत उत्पादन क्षमताका विद्यूत आयोजनाहरु सञ्चालन भइसकेका छन् । निर्माणधिन १५ वटा आयोजनाहरुबाट ५३२ मेघावाट विद्यूत उत्पादन हुने देखिन्छ । त्यसैगरी प्रस्तावित ठूला जलविद्यूत आयोजनाहरुबाट२,८६४ मेघावाट विद्यूत उत्पादन हुनेछ । जस मध्ये ९०० मेघावाट उत्पादन क्षमाताको अरुण तेश्रो सबैभन्दा ठूलो आयोजना हो ।यी जलविद्यूत आयोजनाहरुको सञ्चालन गर्न सकेमा विद्यूत नि¥र्यात गरी निरन्तरआम्दानी गर्न सकिन्छ ।अरुण र तमोर जस्ता नदीहरुमा ¥याफ्टिङ, फिसिङ सञ्चालन गरी पर्यटन प्रवद्र्धन तथा आय–आर्जन गर्न सम्भावनाहरु जिवीतै छन् ।

कृषिः–
एक नम्बर राज्य क्षेत्र कृषिका निम्ति उपयुक्त छ । यस राज्यको सुनसरी, मोरङ र झापाको करिव ८० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको तथ्याङ्कहरुले देखाउदछन् ।

यो क्षेत्र वास्तवमा अन्नको भण्डार हो. । राज्यभरलाई पुग्ने खाद्यान्न यसै क्षेत्रले धान्न सक्ने सामथ्र्य राख्दछ । त्यसैगरी भोजपुर, उदयपुर, इलाम जिल्लाहरु पनि खाद्यान्नमा आत्मनिर्भर हुन् ।
यस क्षेत्रमा अलैँची, चिया, सुन्तला, आँप, अदुवा, आलु, जुट, खोर्सानी, अम्लिसो, सुपारी जस्ता फलफूल तथा नगदे बालीहरु प्रशस्त उत्पादन हुन्छ । जुन आम्दानीको हिसावलेज्यादै महत्वपूर्ण छन् । सर्वाधिक अलैँची उत्पादन ताप्लेजुङमा हुने गरेको छ ।नेपालको पूर्वी क्षेत्र ग्रीष्मकालिन मनसुन वर्षातको सवालमा ज्यादै उपयुक्त क्षेत्र मानिन्छ ।

जसले कृषि उत्पादनमा थप टेवा मिलेको छ । धान,मकै,गहुँ,कोदो जस्ता प्रमुख खाद्यान्न वालीको उत्पादनमा यो राज्य पूर्ण रुपमा आत्म निर्भर रहन सक्दछ । त्यसैगरी दैनिक उपभोग्य पदार्थ तेलहन र चिनीका लागि आवश्यक उखु उत्पादनमा पनि प्रस्तावित एक नम्बर राज्य आत्मनिर्भर हुन सक्दछ ।

प¥र्याप्त मनसुन वर्षा हुने उपयुक्त उष्ण मौसमी जलवायुका कारण वाणिज्यको थैलो उपनामले परिचित जुट उत्पादनमा नेपाल गणराज्य भरमै वर्चाश्व कायम राख्न सक्दछ ।कृषिमा आधुनिकीरण तथा व्यवसायीकरण अपनाउदै आर्गनिक कृषिजन्य उत्पादनमा जोड दिइ अन्य राज्य तथा विदेशमा समेत नि¥र्यात गर्न सकेमा कृषिबाटै पूँजिको आधार तय गर्न सकिन्छ ।

आर्थोडक्स चिया, कफि जस्ता उत्पादनले डलर आर्ज गर्न सकिन्छ । जनता तथा राज्यको आर्थिक हैसियत उकास्न कृषि क्षेत्रले काफि टेवा दिने आधारहरु प्रस्तावित एक नम्बर राज्यमा प्रशस्तै रहेका छन् ।

उद्योगः–
यस क्षेत्रमा ठूला तथा मझौला गरी हाल ७२७ वटा उद्योगहरु रहेको तथ्याङ्क पाइन्छ । धरान औद्योगिक क्षेत्र–सुनसरी, मोरङको औद्योगिक कोरिडोरमारहेका विभिन्न ठूला तथा मझौला उद्योगहरु सञ्चालनमा रहेका छन् ।

ठूला–ठूला खाद्यान्न उद्योग, चिया, जुत्ता–चप्पल, कपडा, घरायसी सामग्री, मेकानिकल समाग्री, जुट उद्योग जस्ता उद्योगहरु हाल सञ्चालनमा रहेका छन् । मुलुकमै नाम चलेको उदयपुर सिमेण्ट उद्योग, हालसालै स्थापित धनकुटाको निगाले सिमेण्ट उद्योगसञ्चालनमा छन् । अझै यस राज्यमा ठूला–ठूला चिया, खाद्यान्नको तथा अन्य उद्योगहरु सञ्चालन गर्न सकिने अझै सम्भावनाहरु छन् ।

चौधरी ग्रूप, गोल्छा अर्गनाइजेशन, खेतान समूह, ज्योति समूह जस्ता मुलुकका प्रतिष्ठित औद्योगिक एवम् व्यापारिक घरानाहरुले यस अधि देखि नै प्रशस्त लगानी गरिरहेका छन् । यस्ता ठूला लगानीकर्ताहरुलाई पहाडी र हिमाली क्षेत्रमा समेत सम्भाव्यता अध्ययन गरी लगानी मैत्री वातावरण सिर्जना गर्न सकेमा फाइदाजनक देखिन्छ ।

व्यापारः–
व्यापारलाई यस क्षेत्रको एक आर्थिक विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ । भारत कोलकता बन्दरगाहबाट नजिक रहेको जोगवनी भन्सार वीरगंज पछिको नेपालकै बढि आम्दानी हुने दक्षिणी भन्सार नाका हो ।

बंगलादेशसँग समेत व्यापार प्रवद्र्धन गर्न सकिने समुद्रबाट सबैभन्दा नजिक पर्ने काकडभिट्टा नाकायसै राज्यमा पर्दछ । हाल सञ्चालनमा रहेका खुख्खा बन्दरगाहहरु मध्ये दुइवटा यसै क्षेत्रमा पर्दछन् । उत्तरमा किमाथङका नाकालाई वृहत विस्तारगरी चीनसँगको व्यापारमा बढोत्तरी गर्न सकिने सम्भावना छँदैनै छ ।

यसरी यो प्रस्तावित एक नम्बर राज्यको तीन तिरबाटै बैदेशिक व्यापार गरी आर्थिक लाभ लिन सकिने सम्भावना रहेको देखिन्छ । कृषिजन्य उत्पादन व्यापारमा यस राज्यले मुलुककै अन्य राज्य रविदेशसँग प्रशस्त नाफामुखी व्यापार गर्न सक्ने सम्भवाना रहन्छ । नगदेवालीहरुको अंशिक प्रशोधनको व्यवस्था गरी नि¥र्यात गर्न सके थप मुनाफा आर्जन गर्न सकिन्छ ।

पर्यटनः–
यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ । यस क्षेत्रमा रहेका अग्ला–अग्ला हिम श्रृङखलाहरु, प्राकृतिक रमणीय स्थलहरु तथा धार्मीक स्थलहरुले गर्दा पर्यटनको सम्भावना बढेको छ ।

हलेसी(खोटाङ),पाथीभारा(ताप्लेजुङ), छिन्ताङ(धनकुटा), बराहक्षेत्र–बुढसुव्वा–दन्तकाली(सुनसरी) जस्ता जनमानसमा प्रशिद्धि कमाइसकेका धार्मीक एवम् साँस्कृतिक वैभव क्षेत्रहरु रहेका छन् । विश्व सम्पदा सूचिमा परेको सगरमाथा राष्ट्रिय निकुञ्ज यसै क्षेत्रमा पर्दछ । चीनले सगरमाथाको तिब्बत पट्टी चोमोलोङमा न्यशनल पार्क घोषणा गरेको छ ।

चीनसँग सहकार्य गरी उक्त पार्क सँग सगरमाथा राष्ट्रिय निकुञ्जको सम्बन्ध स्थापित गराउन सकेमा मात्र पनि हाम्रो राज्यलाईफलदायी हुनेछ ।त्यसैगरी मकालु वरुण राष्ट्रिय निकुञ्ज रेड पाण्डा अनि कोशी टप्पु वन्यजन्तु संरक्षण क्षेत्र चरा र अर्नाको लागि प्रशिद्ध स्थान हो ।

प्रस्तावित एक नं. राज्यमा पर्यटकीय दृष्टिकोणले इलामको–कन्याम, श्रीअन्तु, माइपोखरी, कोल्बुङ, तेह्रथुमको तीनजुरे मिल्के, ह्यात्रुङ झरना (नेपालकै सबैभन्दा अग्लो–३६५मि.), धनकु््टाको–भेडेटार, राजारानी, भोजपुरको–साल्पा सिलिचुङ, ट्याम्के डाँडा, सोलुको–लुक्ला, खुम्बु, झापाको–देमुखा, मोरङको–सुकुना भलुवा सिमसार जस्ता स्थानहरु अहिले नै प्रशिद्धि कमाइसकेका स्थानहरु हुन् ।

अब तिनको प्रवद्र्धन र पर्यटक पहुँचको पूर्वाधार विकास मात्र गर्न सकेमा पनि फलदायी हुनेछ ।यो राज्यमा जातजातिगत एवम सामाजिक साँस्कृतिक दृष्टिकोणले विविधता पाइने भएकाले होमस्टेको अवधारणालाई कार्यन्वयनमा ल्याउन सकेमा प्रभावकारी हुनेछ ।

अन्य पूर्वाधार
प्रस्तावित एक नम्बर राज्यमा पूर्वाधार विकास गर्न सकिने सम्भावनाहरु पशस्त छन् । सडक यातायात सबै जिल्लामा पुगेको छ । प्रस्तावित पर्व–पश्चिम मध्य पहाडी लोक मार्ग यस राज्यको मध्यभाग भएर जानेछ ।

हालको महेन्द्र राजमार्गले दक्षिणी भागलाई समेटेर गएको छ । कोशी राजमार्गलाई किमाथाङ्का सम्म विस्तार गरी चीन–भारत सँगको व्यापार थप बढाउन सकिन्छ । हाल १४ वटा विमानस्थलहरु सञ्चालनमा आएका छन् ।

हाल विराटनगरबाट एक नम्बर राज्य भित्रकै ६ वटा स्थानहरुमा हवाइ उडान सेवा सुचारु रहेको छ ।विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु जरुरी छ । बैंङिकङ वित्तीय संस्था, बीमाको बजार विस्तार विस्तोन्मुख छ । विप्रेषणले ठूलै टेवा दिइरहेको छ । जनशक्तिलाई स्थानीय स्तरमै रोजगारीको सुनिश्ति हुने अवस्थाको सिर्जना गरी विकासमा फड्को मार्न सकिन्छ ।

पूर्वाञ्चल विश्वविद्यालय वि.स. २०५२ स्थापना भई स्थापित भइसकेको अवस्था छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो स्वास्थ्य संस्थाहरुले यस क्षेत्रको स्वास्थ्य सेवा तथा शिक्षाको सन्दर्भमा अन्य कतिपय प्रस्तावित राज्यलाई हाँक दिन सक्ने सामथ्र्य राख्दछ ।

विकासका निम्ति आवश्यक दक्ष–अदक्ष जनशक्तिको आपूर्ति आफ्नै राज्यमा उत्पादन गर्न सक्ने हैसियत राख्ने छनक हाल कायम रहेकोसाक्षरता ५२.२२ प्रतिशतले प्रक्षेपण गर्न सकिन्छ । सञ्चारको सेवाका पहुँच अधिकांश भूभागमा पुगेको छ । अवका दिनमा द्रूत गतिको इन्टरनेट सेवाको विस्तार सर्व सुलभ रुपमा पहाडी तथा हिमाली भेगमा गर्न सकेमा बेश हुन्छ ।

यस राज्यको तराई क्षेत्रमा यस अघि नै स्थापित भइसकेका औद्यागिक, शैक्षिक एवम् पूर्वधार विकासले समृद्ध नगरहरु छन् । अबका दिनमा पहाडी तथा हिमाली भूभागहरुमा सामरिक नगरहरु विकास गर्नेतर्फ ध्यान दिनुपर्दछ । जसले गर्दा राज्यको जनसँख्या वितरण तथा विकासमा सन्तुलन कायम राख्न सकिन्छ ।

प्रस्तुत विकासका विविध आयमको आधारमा प्रस्तावित एक नम्बर राज्य अन्य राज्यहरु भन्दा सन्तुलित विकासमा अग्रपंतिमा रहने प्रशस्त सम्भावनाहरु देखिन्छन् । जनताहरुमा काम गर्ने इच्छाशक्ति, धैर्यता हुनुप¥यो । राज्य सञ्चालनको बागडोर सम्हाल्नेहरुसँग साँच्चिकै रुपान्तरणकारी विकासको मार्गचित्र हुनुपर्दछ ।

एक दम्पतिका सन्तानहरु जतिसुकै जना भए पनि यदि उनीहरु छुट्टिएर बस्ने निर्णय भएपछि सहोदर दाजुभाई–दिदीबहिनी नै भए पनि स्वस्थ प्रतिस्पर्धा त भइ नै हाल्छ, र हुनु पनि पर्दछ । त्यसैमा उनीहरु सबैको हीत पनि हुनेछ ।

सबैले घर बनाउनै प¥यो । घरछेउमा करेसाबारी, फलफुल बगैँचा आदि इत्यादी आ–आफ्नो लागि सबैले बनाउँदा कति चाँडो रुपान्तरण हुन्छ । त्यसरी नै नेपाल संघीयतामा जाँदा हामीले विकासको द्रूत गति लिनेछौं, भन्ने अपेक्षा राखौं ।

अब हामी नेपालीहरु पनि जुनसुकै राज्यमा रहे तापनि सारमा हामी नेपाली नै हौं । राज्य–राज्य बीचमा स्वस्थ प्रतिस्पर्धा हुनाले नेपालको विकासको पारो उकालो लाग्नेछ ।
जय संघीय गणराज्य नेपाल ।

प्रकाशित मिति: २८ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्