सडक विभाग अन्तरगतका अधिकांश आयोजनामा काम ठप्प


 


काठमाडौं, चैत ३०

सडक विभाग अन्तरगतका अधिकांश आयोजनामा काम रोकिएको छ यस अगीको सरकारको पालामा जताभाबी रकम खर्च र अनगिन्ती ठेक्का प्रणाली लगाएर काम अघी नै रकम दिनाले अब सबै आयोजना को काम लगभग रोकिन थालेको छ ।

कारण हो, बजेट अभाव । सडक विभागलाई चालु आर्थिक वर्षमा झण्डै ३५ अर्ब बराबरको बजेट अभाव भएको छ । निर्माण कम्पनीले बिल पेश गरेको ८ अर्ब बराबरको भुक्तानी दिन सकेको छैन ।

गरिसकेको कामको पनि भुक्तानी नदिएको भन्दै व्यवसायीहरु बिरोधमा छन् । त्यसैकारण ठेकेदारहरुले काम रोकेका छन् । रकम नभएपछि धेरै आयोजनामा काम गर्न नसकिएको बताउँछन् नेपाल निर्माण व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष बिष्णुभाइ महर्जन ।

मागअनुसार बजेट निकासा नभएपछि असारसम्म हुने कामको भुक्तानी कसरी दिने भन्नेमा  अन्योलविभाग छ ।  सडकको काम गर्न हिउँद उपयुक्त समय हो ।

बजेट अभावकै कारण धेरै सडक तथा पुल आयोजनाहरुका काम पनि रोकिएको विभागका प्रवक्ता मुक्ति गौतम बताउँछन् ।

विभागका महानिर्देशक गोपाल सिग्देलले पछिल्लो पटक अर्थमन्त्रालयले ४ अर्ब मात्रै भुक्तानी दिएको जानकारी दिए । तर, अझै विभागलाई यसवर्षका लागि कम ३५ अर्ब रकम आवश्यक पर्ने उनले बताए ।

‘हामीले मन्त्रालयमा यसको जानकारी दिइसकेकका छौं,’ सिग्देल भन्छन्, ‘निर्माणको सिजनमै आयोजनामा प्रभाव गर्ने गरी बजेट रोक्दा पछि अनेकन समस्या आउनसक्छन् ।’

विभागले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष आयोजनाहरु बजेट अभावका कारण रोकिएको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरिदिन माग गर्दै पटक-पटक आग्रह गरेको छ ।तर, सरकारी ढुकुटी नै समस्यामा रहेको भन्दै अर्थले रकम दिन आनाकानी गरिरहेको विभागको गुनासो छ ।

भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले पनि निर्माण कम्पनीले काम गरेपछिको भुक्तानी रोक्न नमिल्ने भन्दै अर्थमन्त्रीलाई अनुरोध गरेका छन् । ‘मैले अर्थमन्त्रीसँग नै भेटेर भएको कामको भुक्तानी नरोकिदिन भनेको छु ।

अर्थमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ,’ महासेठले भने, ‘ठेकेदारले भुक्तानी नपाए काम अघि बढाउन सक्दैन ।विभागकाअनुसार अहिले मुख्यतया पुल आयोजनाहरु बजेटको चरम अभाव छ । स्थानीय पुलमा काम भएकै साढे ५ अर्बभन्दा बढीको भुक्तानी दिन नसकिएको प्रवक्ता गौतमले बताए ।

‘राजमार्गका रणीतिक पुलका शिर्षकमा बजेछ । तर, स्थानीय पुलहरुमा बढी समस्या आयो’ गौतमले भने, ‘स्थानीय पुलमा अब २० प्रतिशत मात्रै बजेट बाँकी छ । तर, बिल भने ५ अर्ब बढीको आइसक्यो । ‘

अहिले झण्डै ७५ अर्ब भन्दा बढीको पुलहरुको निर्माण भइरहेको छ । पुल आयोजनाहरुमा वर्षमा १६ अर्बभन्दा बढी रकम आवश्यक हुन्छ ।विभागले यो वर्ष ७४ अर्ब बरारको बजेट पाएको थियो ।

जसमा वैदेशिक महाशाखा अन्तरगत खर्च हुन नकसकेको ८ अर्ब रुपैयाँ विभागले अर्थमन्त्रालयलाई फिर्ता दिइसकेको छ ।४० अर्ब बजेट निकासा नदिए सडक र पुल आयोजना को काम नहुदाँ देश कै सडकमा सम्स्या हुने प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्