कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक रारा मा बस्यो भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने


 


३० चैत, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठक शुक्रबारसाँझ रारा ताल परिसरमा बसेको छ ।  समुन्द्री सतहबाट २ हजार ९७२मिटर उचाइमा रहेको मुगु जिल्लामा रहेकोयो नेपालकै सबैभन्दा ठूलो ताल हो ।रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु पनि पुगेका छन्।

आज कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको थियो भने भोली  प्रधानमन्त्री के.पी. ओलीले सम्बोधन गर्दै कर्णाली प्रदेशलाई सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।

ओलीले भोलि नै रारा परिसरबाटनै सबै देशबासी लाई सम्बोधन गर्ने तयारी भएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्