रारा पुगेका ओली हिल्सा नाकाको अवलोकनका लागि प्रस्थान


 


काठमाडाै, १ बैसाख ।   कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा पुगेका ओली हिल्सा नाकाको अवलोकनका लागि हेलीकोप्टरमार्फत प्रधानमन्त्री केपी शर्माओली नेपाल–चीन सिमानामा अवस्थित हिल्सा प्रस्थान गरेका छन् ।

दुई ओटा  हेलिकप्टरबाट प्रधानमन्त्री ओलीरक्षा मन्त्री ईश्वर पोखरेल प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही  तथा प्रदेश र संघीय सरकारका मन्त्री  विशिष्ठ व्यक्तित्व हिल्सा नाका गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बताए । 

हिल्सा गएका प्रधानमन्त्री ओलीको टोली हुम्ला सदरमुकाम सिमकोट आएर स्थानीयसँग भलाकुसारी गर्ने जिल्लाका सबै राजनीतिक दल, स्थानीय सरकार र समग्र हुम्लावासीको तर्फबाट केन्द्रीय र प्रदेश सरकारसमक्ष उक्त माग राख्ने तयारी भएको जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले  बताए ।

             

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्