आईजीपी मा सर्वेन्द्र खनाल भए सँगै नेपाल प्रहरीमा रोकिंदै आएको जवानदेखि एआईजीसम्मको बढुवा प्रक्रिया सुरु


 


काठमाडौं ।आईजीपी मा सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक  बढुवा भए सँगै नेपाल प्रहरीमा रोकिंदै आएको जवानदेखि एआईजीसम्मको बढुवा प्रक्रिया सुरु हुन लागेको छ । सरकारले प्रहरी नियमावली संशोधन गर्दै एआइजीहरुको संख्या हेरफेर गर्ने भएको छ ।

गृह ले प्रदेशको संरचना अनुसार प्रदेश प्रहरी प्रमुखमा डिआईजी खटाउने तयारी गरे सँगै एआईजीको सख्या १५ बाट घटाएर ८ मा झार्ने गरी गृहकार्य थालिएको छ । अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, मानव स्रोत विकास विभाग, कार्य विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल, महानगरीय प्रहरी कार्यालय र राष्ट्रिय सुरक्षा परिषद्मा रहेको एआईजी दरबन्दी हटाइने छैन । प्रहरी महानिरीक्षकको रहने एआईजीक दरबन्दी भने हटाउने तयारी  छ ।

त्यस्तै सुरक्षा परिषद्मा पनि डिआईजीलाई नै राख्ने कि भनेर केही दिन अघि गृहमा छलफल भएको थियो । यदि सुरक्षा परिषद्मा एआईजीको दरबन्दी कटौती गरियो भने एआईजीको संख्या अझै घटेर ७ मा कायम हुने अवस्था छ । आईजीपी खनालले पनि प्रहरीमा रहेका अनावश्यक पदका दरबन्दीहरु कटौती गरी राज्यलाई आर्थिक भारबाट मुक्त गराउने बताइसकेको हुँदा उनी एआईजीको दरबन्दी घटाउने पक्षमा छन् ।

एआईजीका लागि डिआईजीहरु पुष्कर कार्की, धिरु बस्नेत, उत्तमकुमार कार्की, छविलाल जोशी, मनोज नेउपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, सुरेश विक्रम शाह र पवनप्रसाद खरेल प्रतिस्पर्धामा छन् । उनीहरु सबै आईजीपी खनालका व्याजी हुन् ।

अघिल्लो पटक डिआइजी हुनबाट छुटेका एसएसपी केदार रिजाल, शेर वहादुर बस्नेत,पिताम्बर अधिकारी र दिनेश अमात्यलगायत पनि डिआइजीमा बढुवा हुँदैछन् । यता एसपीबाट एसएसपीमा बढुवा हुने सुचीमा भने राजेन्द्र ढकाल, विभूतिराज पाण्डे, सहकुल थापा, पूजा सिंहलगायत छन् ।
त्यसैगरी डीएसपीबाट एसपी बढुवामा गंगा पन्त, बिश्व अधिकारी,  अगाडि छन् । त्यसैगरी बसन्त रजौरे, भीमबहादुर दाहाल, सोमेन्द्रसिंह राठौर, सानुराम भट्टराई, अभिनारायण काफ्ले, बेलबहादुर पाण्डे र आभूषण तिम्सिना पनि प्रतिस्पर्धामा छन् ।

आईजीपी खनालले तल्लो दर्जामा रहेका प्रहरीहरु नै आफ्नो मुटु रहेको भन्दै उनीहरुको हितमा लाग्ने बताइसकेका छन् । जसका कारण वर्षौं देखी रोकिंदै आएको सइ बाट इन्स्पेक्टरको पनि बढुवा  चाँडै नै हुने देखिन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्