जनप्रतिनिधि हुनु त यस्तो, बिपन्नको घरमा नयाँ टिन



मोरङ, असोज २८

जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् ।

उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरीद गर्न चालु आर्थिक वर्षमा छुट्याइएको रु १६ लाख फिर्ता गर्दै गाउँपालिकाभित्रका विपन्न परिवारको खरको छानो हटाएर टिनको छानो लगाइदिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले जानकारी दिनुभयो ।

यसअघि उक्त कार्यक्रमका लागि अहिले रकम थप गरी रु ३६ लाख जम्मा गरिएको र सो रकमले विपन्न परिवारका टिनको छानो लगाइने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News