नवमीमा प्रधानमन्त्री ओली झापा आउँदै


 


झापा, असोज २७

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आउँदै हुनुहुन्छ। वडा दशैं, तिहार, छठ, नेपाल सम्बत्लगायतका पर्वहरूको अवसरमा आयोजना हुने शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी हुन उहाँ आउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली कातिक १ गते दशैंको नवमीका दिन विर्तामोडमा हुने शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी हुने ओलीको सचिवालयले जनाएको छ। ओलीको आयोजनामा हुने यो कार्यक्रम संयोजन भने नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीले गर्नेछ।

यो कार्यक्रम विगत देखिकै निरन्तरताको रहेको ओलीको सचिवालय सदस्य होमबहादुर थापाले बताउनुभयो। ओलीले हरेक वर्षको दशैंको नवमीका दिन शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आउनु भएको छ। तर यस वर्ष भने बिगतभन्दा बृहत र फरक हुँदैछ। पार्टी एकताको शिलसिलासमेत चलिरहेको र माओवाद केन्द्र तथा एमाले समायोजन भई नेकपा बनेकाले साविकका दुवै पार्टीका कार्यकर्ताले यो कार्यक्रमलाई महत्वसाथ हेरेका छन्।

प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्