आज पनि विजया दशमीको टीका लगाउने क्रम जारी


 


काठमाडौं, कात्तिक ३

विजया दशमी टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । यसअघि हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वादका साथ ग्रहण गरे ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ । नेपालको पश्चिमी भेकमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ । समयसंगै अधिकांश भेकमा पूर्णिमासम्मै टीका लगाउने चलन पनि बढेको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्