पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा वाइडबडी जाँचबुझ आयोग गठन


 


काठमाडाैँ । सरकारले वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गर्न पूर्व मुख्य न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ अायोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय अायोग गठन गरेको हो ।

अायोगको सदस्यहरूमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा सदस्य रहेका छन । जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सार्वजनिक लेखा समिति अन्तर्गत कांग्रेस सांसद राजेन्द्रकुमार केसी नेतृत्वको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितलाइ कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट सरकारले आयोग बनाएको हो ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्