म्यानपावर व्यवसायी तामाङविरुद्ध करोडौँ कर छलीको मुद्दा


 


काठमाडौं : राजधानीको महाराजगञ्जस्थित स्काई ओभरसिजका सर्भिसेज प्रा.लि.का संचालक बलबहादुर तामाङविरुद्ध झण्डै २० करोड रुपैयाँ कर छली गरेको आरोपमा मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले तामाङविरुद्ध १९ करोड़ ५८ लाख रुपैयॉ करछली अभियोग सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको नेपाल विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तमाङविरुद्ध विभागले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी विगो रकम र १३ करोडभन्दा बढी जरिवानासहित ३ वर्षको कैद हुनुपर्ने भन्दै मुद्दा दर्ता गराएको हो । उनी पूर्व एमाले निकट पेशागत ब्यबसायी कमिटीमा आबद्ध ब्यक्ति पनि हुन् ।

विभागले वैदेशिक रोजगारीको क्षेत्रमा पहिलोपटक अनुसन्धान अगाडि बढाएको थियो । केही वैदेशिक रोजगार व्यवसायीहरुले राजस्व छली गर्ने गरेको सूचनाका आधारमा विभागले कारबाही प्रक्रिया अघि बढाएको हो ।

आर्को म्यानपावर जेरी भर्गिजका संचालक समेत रहेका तामाङले साउदी, युएई, कतार, मलेसिया र बहाइन लगायतका कामदार पठाउँदै आएका छन् । आफु संघको अध्यक्ष हुँदा उनले ९९ प्रतिशत ब्यबसायीले नक्कली कागज बनाएर काम गर्छन् भनेर चर्चा कमाएका थिए ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्