केपी ओली सरकारको अर्को सफलता : नेपाल–जापान अब सिधा हवाई उडान


 


काठमाडौं, पुस २६

नेपाल र जापानबीच सिधा हवाई उडान हुने भएको छ । असार १४ मा पुनरावलोकन भएको हवाई सम्झौता लागू भएसगै नेपाली जहाजले जापानमा सिधा उडान गर्न पाउने बाटो खुलेको हो । पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र नेपाल भ्रमणमा रहेका जापानी विदेशी मन्त्री तारो कोनोविच कुटनीतिक नोट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएको हो ।

यो सहमतिले दुई देशबीचको हवाई उडानलाई थप सहज बनाउने बताइएको छ । जापानी पक्षबाट नेपालले चाडै नै जापानमा उडान सुरु गरोस् भन्ने चाहना राखेको वार्तामा सहभागी एक परराष्ट्र अधिकारीले बताए । २५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप हुने भएको छ । १९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो ।

असारमा नेपाल र जापानबीच भएको हवाई सेवासम्वन्धी समझदारीको १.३ अनुसार नयाँ रुट सेडुअल एक्सचेन्ज डिप्लोम्याटिक नोट्स पश्चात् प्रभावकारी हुने व्यवस्था थियो ।तर यो यसले उडान संचालनको अनुमति प्राप्त गर्न र उडान संचालन गर्न बाधा नपर्ने समझदारीको १.४ बुँदामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् । यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे । नयाँ सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ । अबदेखि नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् ।

नेपालले लामो समयदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनुपर्ने र त्यसका लागि हप्तामा १४ उडान हुनुपर्ने अडान लिएको थियो । तर जापान भने हप्तामा ७ सम्म दिन सकिने अडानमा रहँदै आएको थियो । जापानबाट काठमाडौं प्रत्यक्ष हवाई सम्पर्क छैन । यसअघि नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द भएको थियो । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्