सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ : मन्त्री कार्की


 


विराटनगर, पुस २६

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ ।

विराटनगर– ५ स्थित ‘एभरेस्ट बोर्डिङ स्कूल’को आज रजत जयन्तीका अवसरमा आयोजित वार्षिक खेलकूद सप्ताहको उद्घाटन गर्दै उहाँले राज्यको लगानी भएका सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षामा देखिएका गुणस्तरको भिन्नता कम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले राज्यले लगानी गरेका विद्यालयको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन र प्रतिस्पर्धी बनाउन सके मात्र क्रमशः शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतिमा अभिभावकको विश्वास, विद्यार्थीको मिहेनत र शिक्षक कर्मचारीको लगनशीलता आवश्यक रहेको बताउनुभयो । आजदेखि शुरु भएको रजतजयन्ती एक हप्तासम्म चल्नेछ ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्