आज पहाडी भूभागमा पानी पर्ने सम्भावना


 


काठमाडौँ, पुस २७

आज काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायुको प्रभावले आज दिउँसो केही पहाडी भूभागमा हल्का पानी पर्ने संभावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँको अनुमान छ । अबको एक दुई दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको मौसमविद् पोख्रेलले बताउनुभयो ।

आज बिहान न्यूनतम तापक्रम भने वृद्धि भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको न्यूनतम ताक्रम ५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्