बाख्रा पालेर नुवाकोटका अमृत कमाउँछन वर्षमा ‘सवा करोड’


 


विदुर । अहिले नेपालमा बेरोजगारी गरिबीजस्ता कुराहरुले सिमा नाघेको छ । यो बिचमा नेपालमा पनि आफ्नो व्यवसाय गरेर राम्रो आम्दानी गर्नेहरु रहेका छन । आज हामी १८ वर्षको उमेरमा बेल्कोटगडी नगरपालिका-११ अमारेखोलाका अमृत तिवारीको सफलताको कथा जानकारी गराउँन गइरहेका छौं ।

१९ वटा बाख्रा र १२ बङ्गुरसहित व्यवसाय सुरू गरेका थिए । हाल १ सय ७० वटा बोका र बाख्रा उनको कृषि फार्ममा छन्। आफ्नो फार्ममा जन्मिएका उन्न्तत जातका बाख्राहरू ६० जिल्लामा बेचिसकेको उनी बताउँछन्।

उनलाई नेपालको पशुसेवा विभागले आफ्नो वार्षिकोत्सवको सन्दर्भ पारेर दुई वर्षअघि देशकै ‘कान्छा बाख्रापालक कृषक’ को सम्मान दिएको थियो । १८ वर्षको उमेरमा काठमाडौंको ग्रामीण आदर्श कलेजमा व्यवस्थापन संकायमा दोस्रो वर्ष अध्ययन गर्दा गर्दै पढाइ छाडेर उनले बाख्रापालन सुरू गरेका थिए । आफूले व्यवसाय सुरू गर्न लाग्दा नेपालमा दोस्रो पटक संविधानसभाको चुनाव हुन लागेको उनी सम्झन्छन्।

उनले भने, “नेताहरूले दिएका आश्वासनले एकदम निराश बनिरहेको थिएँ । त्यसमाथि मेरा धेरै साथीहरू वैदेशिक रोजगारीमा गइरहेका थिए । त्यो बेला मलाई गाउँमै बसेर केही गर्ने चाहना भयो।” उनले सुरूमा बाख्रा र बङ्गुर पालेका उनी २०७२ सालको विनाशकारी भूकम्पको समयमा ५४ वटा बङ्गुर आफूले पालेको बताउँदै उनले भूकम्पले चीनसँग जोड्ने बाटो भत्काएपछि बङ्गुर पाल्न छाडेको जनाए ।

“संविधान आएपछि नाकाबन्दी भयो। बङ्गुरलाई खुवाउने दाना पनि पाउन छाड्यो, बाटो बन्द भएर चीन पनि पठाउन सकिएन। त्यही भएर २०७३ सालबाट बङ्गुर पाल्न छाडिदिएँ।” बङ्गुरपालनमा खासै सफलता हात नलागे पनि उनले बाख्रापालनमा आफूलाई केन्द्रित गरे र उन्नत जातका बाख्रा विदेशबाट समेत झिकाए । उनी भन्छन्, “दक्षिण अफ्रिकाबाट बोएर प्रजातिका १५ वटा बोका ल्याएर पालिरहेको छु, त्यो नश्लको एउटै बोकाको रू। मूल्य ४ लाख जति पर्छ।”

तिवारीका अनुसार बोएरसँग ुक्रसु गराएर जन्माइएका पाठापाठी एउटै २० देखि ४० हजार रूपैयाँमा विक्री हुने गरेका छन् । “हाम्रो फार्मका पाठापाठी करिब ६० जिल्लामा बेचिसकेको छु, अहिले मासिक ८० हजारदेखि १ लाख रूपैयाँसम्म बचाउने गरेको छु।” त्यसबाहेक आफ्नै र भाडामा लिएको गरी ६० रोपनी जमिनमा ५० प्रजातिका घाँसको खेती गरिरहेको उनी बताउँछन्।

आधुनिक खालको खोरसहितको उनको मजुवादेवी कृषि फारम आफ्नै परिवारको चार सदस्यले चलाइरहेका छन् । उनले हालसम्मको आम्दानी र स्थानीयस्तरमा लिएका ऋणले आधुनिक फार्म बनाएको बताए । उनका बुवा प्राथमिक विद्यालका शिक्षक हुन् भने आमा पसल चलाउँछिन् । अमृत नेपालमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण आफू भएको बताउँछन् ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्