नारच्याङमा भेटियो विश्वमै दुर्लभ ‘लोन्डेसी’ गुराँस


 


काठमाडौं उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ। नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए ।

वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गरेका हुन् ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्