यी हुन् नेपाली किशोरीहरुलाई भारतमा लगेर बिक्री गर्ने मुख्य दलाल


 


पप्पु यादव माघ २३
भाण्टावारी । सुनसरीको भण्टाावारी सिमानाकाबाट भारत तर्फ एक युवतीलाई लैजादै गरेको अवश्थामा सुरक्षानिकायले एक पुरुषलाई पक्राउ किशोरीको उद्धार गरेको छ ।

कोशी गाउँपालिका ८ स्थित सिमानाकाको चेकपोष्टमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको टोलीले मानव अधिकारकर्मीहरुको सहयोगमा मुखमा मास्क लगाएका युवायुवती भारततर्फ गइरहेको देखेर शंका लागि सोधपुछ गर्ने क्रममा सप्तरी खडक नगरपालिका ६ का मोहमद अलिम अन्सारी पक्राउ परेका हुन ।

विराटनगर ४ की १९ बर्षीय स्वास्तिका कटवाललाई मोहमद अलिम अन्सारीले विवाह गर्ने नाममा भारत तर्फ लगेर बिक्री गर्न लागेको सोधपुछका क्रममा खुलेको मानवअधिकारकर्मी सिवेन्द्रकुमार कर्णले बताए ।

सशस्त्र प्रहरी वलका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी, मानवअधिकारकर्मी सिवेन्द्र कर्णले दुवैलाई सोधपुछ गर्दा बिहे गर्ने लोभ देखाएर किशोरीलाई भारततर्फ लैजादै गरेको तथ्य खुलेको थियो ।

सोधपुछका क्रममा ति किशोरीलाई मोहमदसँग भेट गराइदिने मुख्य दलाल इनरुवाका भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मुख्य दलालले बिहे गर्छ भनेर दुवै जनाको भेट गराई भारत पठाएकाले ति भारत पठाउने व्यत्तीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

अधिकारकर्मी कर्णका अनुसार अन्सारीले देहव्यापारमा संलग्न गराउन बिक्री गर्ने उद्देश्यले लैजादै गरेको खुल्न आए पछि नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी भण्टाबारीलाई जिम्मा लगाएको बताए ।

किशोरीले आफ्नो उमेर समेत स्पष्ट पारेर खुलाउन र परिचय समेत दिन नसक्ने देखिएकाले उनी मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेको पाईएकाले उनका अभिभावकहरुको ठेगाना पत्ता लगाएर घटनाको जानकारी गराईने अधिकारकर्मी सिवेन्द्र कर्णले बताए ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्