सरकार-सिके राउत सहमतिको बिरोध गर्नेलाई युवासंघको काउन्टर


 


काठमाडौं, फागुन २५

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल र बरिष्ठ उपाध्यक्ष किरण पौडेलले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिलाई गतल छ भन्नेहरुलाई खुला बहशमा आउन चुनौती दिनुभएको छ ।

सिके राउतलाई देखाएर तराई मधेशमा रोटी सेक्न पल्केकाहरुदेखि सत्तारुढ दल नेकपाभित्रै केही नेताहरु बिरोध गर्न थालेपछि सहमतिको बिषयमा खुला बहशका लागि युवा नताहरुले चुनौति दिनुभएको हो ।

‘शब्दको जाल बुनेर सरकार र सीके राउत वीचको सहमतिलाई गलत देखाएर कसैले आफुलाई राष्ट्रवादी र देशभक्त हुँ भनी राजनीतिको रोटी सेक्नु बेकार छ । सहमतिले राष्ट्रलाई बलियो बनाएको छ । देश बलियो हुँदा नै हाम्रो भविष्य सुनिश्चित हुने होला । हैन भने बुद्धि विलासका लागि र फरक देखाउनका लागि बहस अनि तर्क त गर्न सकिएला तर तर्कले सत्य फेर्न सकिदैन । यो सहमति राष्ट्रको पक्षमा छ भनेर खुल्ला बहस गर्न आउनुस, म तयार छु । हैन भने… । साहसिक र दुर्गामी पहलका लागि प्रधानमन्त्रीज्यूलाई बधाई,’ अध्यक्ष पौडेलले भन्नुभएको छ ।

यस्तै बरिष्ठ उपाध्यक्ष किरण पौडेलले पनि बिरोधीलाई कडा काउन्टर दिनुभएको छ । ‘ठेस लग्ला भनेर कदमनै नचाल्ने हैन,हिड्दै गर्ने हो अबरोध फाड्दै गर्ने हो र हरेक चिजलाई परास्त गर्नुको बैधता र मान्यता रिङ्ग भित्रै (ट्र्याक भित्रै) हुन्छ बाहिरको बिजय, पराजय त्यो पनि निश्चित नियमका बिच युद्धमा मात्र मापन हुन्छ राजनीतिमा हैन,’ पौडेलले भन्नुभएको छ ।

पौडेलको भनाई जस्ताको तस्तै

ठेस लग्ला भनेर कदमनै नचाल्ने हैन,हिड्दै गर्ने हो अबरोध फाड्दै गर्ने हो र हरेक चिजलाई परास्त गर्नुको बैधता र मान्यता रिङ्ग भित्रै (ट्र्याक भित्रै) हुन्छ बाहिरको बिजय,पराजय त्यो पनि निश्चित नियमका बिच युद्धमा मात्र मापन हुन्छ राजनीतिमा हैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

दुबै पक्षद्वारा हस्ताक्षरित सम्झौता पत्रको प्रस्तवनामै प्रस्टरुपमा उल्लेख गरिएको यिनै महत्वपूर्ण शब्दहरुकै जगमा यो सम्झौता सम्पन्न भएको कुरा सहजै महसुस गर्न सकिन्छ। कहीकतै कुनै कोणबाट शंका गर्ने ठाउँहरु भेटियो भन्ने लाग्यो रे कसैलाई,आफ्नो आफ्नो बिचारको कुरा हो लाग्न पनि सक्ला तर सम्झौताको मसी सुक्न नपाउदै जिम्मेवार ब्यक्तीहरु द्वारानै हतार हतार गरिकन केवल नकरात्मक ढंगबाट आम जनतालाईनै दिग्भ्रमित पार्ने ढंगको टिप्पणी आउनु ठीक हैन । कही कतै छिद्रहरु देखीए त्यस्लाई टाल्ने कि औंला घुसार्दै भ्वाङ नै बनाउने ?

सही उदेश्यका साथ सही बाटोमा हिंड्न खोज्दा अनेकन ठेस लाग्न पनि सक्छन त्यो एउटा सम्भाबनाको बिषय हुन सक्ला र एबम खालका संभाबित चुनौती र अबरोधका बिषयमा सामान्य हेक्का समेत नहुने हाम्रो सरकार र पार्टी नेत्रित्व पक्कै नहोला। जिज्ञासा,आशंका उत्पन्न आफ्नै मानसपटलबाटै हुन्छन तर निवारणका लागि कुनै पहल नगरि सार्वजनिक रुप्मा आत्मभर्त्सनातिर नलागौ

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्