राष्ट्रपति भण्डारीले लिइन् सबै नेपाली खुसी हुने ‘सरप्राइज’ निर्णय !


 


काठमाडौं चैत २
राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्किने भएकी छन् । उनी कतार एयरलाइन्सबाट दिउसो साँढे ३ बजे नेपाल आइपुग्नेछिन् ।

राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गरेकी थिइन् । अधिवेशनमा भाग लिन उनी सोमबार अमेरीका गएकी थिइन् ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्