सुनको भाउ बढ्यो, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौँ । साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको हो ।

छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार ७ सय रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्