बाटोमा मकै पोलेरै करोडपति बनेकी यी आमालाई सलाम !


 


काठमाडौं चैत १६
बाटोमा मकै पोलेर बेच्ने पनि करोड हुन्छन् र ? भन्ने जिज्ञासा आम मानिसमा पर्न सक्छ । तर बाटोमा करिब २२ बर्ष देखि मकै पोल्दै बेचेर करोडपति बनेकी छिन् , कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा ५३ बर्षिय अम्बिका न्यौपाने ।

अम्बिकाको पुरानो घर दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ रामकोटमा हो । उनि आफुले गरेको पेसा अर्थात ब्यवसाय बारे भन्छिन्, मैले बाटोमा मकै पोलेर बेच्न थालेको २२ बर्ष भन्दा बढि भयो, मेरो काठमान्डौं काँडाघारी हरहरमहादेब नजिकै घर छ । अम्बिकाको घरमा दुई छोरा र एक छोरी छन् ।

उनि आफु बिगत नसम्झने बताउँदै श्रीमान्ले छोडेको २६ बर्ष भएको बताउँछिन् ।

अम्बिकाको श्रीमान्ले २५ बर्षको उमेरमा छोडेर कान्छि श्रीमति ल्याएर अन्यत्र बसेको उनको भनाइ छ । श्रीमान्ले कान्छि श्रीमति लिएर आफुलाई छोडेपछि आफुले निकै कष्टपुर्ण जिबनयापन निर्बाह गरेको बताउँछिन् ।

अम्बिका आफ्ना छोराछोरी पाल्न निकै संघर्ष गरेको सुनाउँदै भन्छिन्, आगोको रापमा मकै पोल्दा पोल्दै करोडपति भएँ, करोडको त मेरो जग्गा मात्रै छ, घर त छुट्टै । निकै खुसी देखिने उनि आफ्नो कहाँनी सुनाउँदा सुनाउँदै गहभरि आँसु पार्छिन ।

अम्बिकाले साधारण लेखपढ समेत गरेकि छैनन । उनि भन्छिन्, घडि सम्म हेर्न आउँदैन, सुरु सुरुमा पैसासम्म चिन्दिन थिएँ सबैले हेप्थे आफ्नो दुख सुनाउँदै उनले थपिन् लोग्नेले छोडेपछि सबैले राम्रो भन्दा रहिनछन्, ।

अम्बिकाले पढाईलेखा नहुदा आफुले आगो ,मकै र बदम मात्रै चिन्ने गरेको सुनाउँछिन् ।

जीवन धान्न मकै पोल्नेहरू

काठमाडौं । जतिसुकै चर्को घाम होस् वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस्, काम नगरी जीवन गुजारा गर्न गाह्रो छ, केही महिलाहरूलाई । सानो काम गर्न लजाउने हाम्रो समाजमा उदाहरणीय बनेका छन् यी महिलाहरू, जसले न लाज मान्छन्, न गाह्रो । वैशाखको टन्टलापुर घाममा पनि आगोको रापमा मकै पोलेर जीवन धान्दै आइरहेका छन्, यी महिलाहरू ।

६३ वर्षीया मीनु थापा पुरानो बानेश्वर बस्छिन् । बिहानै चार बजे उठेर कालिमाटी पुग्नु र मकै किनेर ल्याउनु उनको दिनचर्या बनिसक्यो । बिहान नौ बजेदेखि बेलुका छ बजेसम्म मकै पोल्न भ्याई नभ्याई हुन्छ, उनलाई । परिवारमा थापा र उनका भाइमात्रै छन् । मकै बेचेरै दिनमा रु.४०० आम्दानी गर्ने थापाको जीवनगुजारा यसैबाट चल्दै आइरहेको छ । एउटा मकैलाई रु. २५ मा बेच्छिन् थापा ।

उनी भन्छिन्, “मानिस बलियो भयो भने काम गरेर खान लाज हुँदैन ।” मकै नपाइने मौसममा भने उनी सुन्तला र बदाम बिक्री गर्छिन् ।
५१ वर्षीया शकुन्तला घिमिरे बबरमहलमा मकै पोलेर दिन कटाउँछिन् । माइतीघर बस्ने घिमिरे बिहान ४ बजे नै कालीमाटी पुग्छिन्, मकै लिन ।

मकै लिएर घर पुग्छिन् र सबै काम सकेर ११ बजेदेखि बेलुका ६ बजेसम्म मकै पोल्न व्यस्त रहन्छिन् । मकै पोलेर दिनमा कहिले रु. १०० आम्दानी गर्छिन् भने कहिले १५० आम्दानी गर्छिन् । घरमा एक छोराका साथमा बस्दै आएकी घिमिरेको जीवनगुजारा नै यही मकै पोल्ने व्यवसायबाट हुने गरेको छ। घिमिरे भन्छिन्, “मकै पाउने मौसममा मकै बेचेरै गुजारा चल्छ । मकैको मौसम सकिएपछि भने बदाम र सुन्तला बेच्ने गर्छु । जीवन धान्न गाह्रो छ ।”

थापाथली बस्ने ४५ वर्षीया सीता लामा पनि अरूजस्तै चार बजे नै उठेर मकै लिन कालिमाटी पुग्छिन् । चार जनाको परिवार पालेर बसेकी लामाको जीवनचर्या यसैबाट चल्दै आइरहेको छ । लामा १० बजेदेखि मकै नसकिँदासम्म मकै पोलेर बस्छिन् । प्रतिदिन ५०० रुपैयाँ आम्दानी गर्ने लामा भन्छिन्, “यही मकै बेचेरै जीवनको गुजारा गर्दै आइरहेकी छु । मकै बेच्नमा जस्तो नाफा अरूमा छैन ।”

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्