कोरिया आवेदन आज अन्तिम


 


काठमाडौं : नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा मानिएको दक्षिण कोरियाको रोजगारीका लागि छनौट हुन भाषा परीक्षाका लागि शनिवारसम्म ८७ हजारको हराहारीमा आवेदन परेको छ ।

यो संख्या अघिल्लो बर्षको भन्दा बढी हो । गतवर्ष ८२ हजार २ सय ६४ ले आवेदन फारम भरेका थिए । सन् २०१७ मा ६८ हजार ३ सय ८ जनाले भाषा परीषाका लागि आवेदन दिएका थिए । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुनेछ ।

शनिवारसम्म आवेदन दिनेको कुल संख्या ८६ हजार ९ सय ९० पुगेको छ । कोरिया भाषा परीक्षाको फारम आइतवार आज राति १२ बजेसम्म भर्न सकिनेछ ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्