१० महिनादेखि बन्द रहेको मलेसिया भोलीदेखि खुल्ने संघमा सम्पर्क गर्न व्यवसायीहरुलाई आग्रह


 


काठमाडौं : गत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी भोली (सोमबार)देखि खुल्ने भएको छ । हाल चाहीँ कलिङ भिषा आएका कामदारहरुको लागि मात्र रोजगारी खुल्ने भएको हो । गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको कामदार आदन प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना अनुसार सोमबारदेखि यसअघि कलिङ भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिइने भएको छ ।

कलिङ भिषाको अन्तिम स्वीकृति खुला भएको नेपाल वैदेशिक रोजगर संघका महसचिव एवं प्रवक्त नरेश गेलालले मध्यान्हलाई जानकारी दिए । मन्त्रालयले कलिङ भिषा खोलिएको पत्र संघलाई उपलब्ध गराइएको बताइएको छ ।

केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजारभन्दा बढी रहेको बताइएको थियो । तर अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या करिव ७ हाजरभन्दा बढी मात्र रहेको अनुमान गरिएको प्रवक्ता गेलालले जानकारी दिएका छन् ।

कलिङ भिषा आएकाहरुको अन्तिम स्वीकृतको सहजिकरणका लागि संघमा सम्पर्क राख्न पनि व्यवसायीहरुसँग प्रवक्त गेलाले आग्रह गरेका छन् । स्मरण रहोस: मलेसियाको रोजगारी बन्द गराउन संघले नै मन्त्रालयलाई माग गरेको थियो ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्