बारको अध्यक्षमा नेकपानिकट चण्डेश्वर श्रेष्ठ विजयी


 


काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ । श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गर्दा पोखरेलले ३ हजार २७ मत पाए ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

पौडेल ३ हजार २ सय ७ मत ल्याएर विजयी बन्दा थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्