हावाहुरीबाट क्षतिग्रस्त घर नेपाली सेनाले बनाउने, सबै खर्च सरकारले बेहोर्ने


 


काठमाडौँ । हावाहुरीबाट क्षतीग्रस्त बारा र पर्साका घर नेपाली सेनाले बनाउने भएको छ । बिहीबार सरकारले हवाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो । सेनाले उक्त घरहरु वर्षा सुरु हुनु भन्दा अगाडि नै निर्माण गर्नु पर्नेछ । घर निर्माण गर्दा लाग्ने सबै खर्च सरकारले दिने भएको छ ।

प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन घर निर्माणका लागि गठन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग हावाहुरी पिडितको घर बनाउने विषयमा छलफल गर्नुभएको थियो । उक्त छलफलको आधारमा मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई प्रभावित क्षेत्रको घर बनाउन दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्