प्रदेश २ मा पुनः एसईई परीक्षा सुरु


 


जनकपुर । प्रश्नपत्र आउटपछि प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यमिक (एसइई) परीक्षा आजदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसईई परीक्षा अन्तर्गत शुक्रबार विज्ञान विषयको पुनः परीक्षा हुँदैछ ।

प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।

प्रदेश २ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७२ हजार ४९ परीक्षार्थी परीक्षामा भाग लिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी बताउनुभयो ।

चैत २२ देखि चैत २९ गतेसम्म चल्ने परीक्षा मर्यादित्त बनाउन र अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्ष बाहेक परीक्षामा खट्ने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्