सुनको भाउ घट्यो, आजको दरभाउ हेर्नुहोस् !


 


काठमाण्डौ । सुनको भाउ बुधबार घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्