“बालुवाटारको जग्गालाई लिएर विष्णु पौडेलको नामलाई बढी हल्ला गरियो”


 


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारको जग्गालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको नामलाई बढी हल्ला गरिएको बताएकी छिन् ।

शनिबार काठमाडौं भएको कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘विष्णु पौडेलको सवालमा बेसी अतिरञ्जित गरिएको छ ।’ उनले बालुवाटारस्थित ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरेको स्पष्टीकरण दिइन् । ‘हिजो मात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं,’ उनले प्रष्टीकरण दिँदै भनिन्, ‘सबै कित्ताहरु रोक्का गरेका छौं । ७ दिनको समयसीमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं ।’

ललिता निवासका विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि सरकारले छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको सुरुवात गरेको मन्त्री अर्यालको भनाइ छ । उनलेले सार्वजनिक र गुठीका अतिक्रमण भएका सरकारी जग्गाहरु सबै फिर्ता गर्ने काममा सरकार लागेको बताइन् ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्