डा. अधिकारीले गरे बाल गृहमा सहयोग


 


उर्लाबारी । अरनिको हस्पिटलमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले उर्लाबारी – ७ मा वस्थित नमुना बाल गृहलाई सहयोग गर्नुभएको छ ।

वैवाहिक जीवनमा बाँधिएको चौथो वर्ष पुरा भएको र आमा सविता अधिकारीको जन्मदिनको अवसर पारेर डक्टर अधिकारीले बाल गृहलाई सहयोग गर्नुभएको हो । उहाँले बाल गृहमा आश्रित बालबालिकाहरूलाई स्टेशनरी,जुस तथा मिठाई वितरण गर्नुभएको थियो । यस्तै उहाँले गृहमै बिहानको खानाको व्यवस्था समेत गर्नुभएको थियो ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्