सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन्


 


वासिङ्टन डिसी- तर, एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ।

सर्वेक्षणका अनुसार एक चौथाई महिलाले सुत्केरीपछि आफैंले आफैलाई गर्ने हेरचाहमा हेलचक्र्याइँ गरेको पाइएको छ।

सर्वेक्षणकर्ताहरुले झन्डै ४० प्रतिशत सुत्केरी महिलाले आफूलाई तनावग्रस्त, पूर्णतया पराजित र बेचैनी महसुस गर्ने गरेको पनि बताएका छन्। ओर्लान्डाै हेल्थ बिन्नी पाल्मर अस्पतालले गरेको सर्वेक्षणले यस्तो देखाएको अधिकारीहरुले जनाएका छन्।

अस्पतालले सार्वजनिक गरेको प्रतिवेदनमा ४५ वर्षभन्दा अगाडि सुत्केरी हुने महिलाले ४५ वर्षभन्दा पछि सुत्केरी हुने महिलामा भन्दा बढी तनाव लिने गरेको उल्लेख छ। रासस/एएनआई

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्