कम्युनिष्ट सरकार पाँच वर्ष नटिक्ने कोइरालाको दाबी


 


काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट सरकार पाँच वर्ष नटिक्ने दाबी गर्नु भएको छ । नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकारकै उच्छृङ्खल गतिविधिका कारण वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गर्नुभयोे ।

सरकाबाट जनता निराश भएको भन्दै उहाँले वर्तमान सरकारबाट मुलुकको विकास सम्भव नहुने बताउनुभयो । जागरण अभियानपछि नेपाली कांग्रेसको विचार जनता माझ पुगेको र कांग्रेसको बिचारबाट जनता प्रभावित भएको पनि बताउनुभयो ।

यसैगरी काठमाडौंमै भएको अर्को एक कार्यक्रममा कांग्रेसका नेता बालकृष्ण खाँणले जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताउनुभयो । उहाँले बलात्कार, हत्या, अपहरण, हिंसा र भ्रष्टाचार बढेको भन्दै जनता सरकारको रवैयाबाट आजित भएको बताउनुभयो ।

कम्युनिष्ट सरकारले जनताको बोल्ने अधिकार कुण्ठित गरेको, मानवअधिकारको अपहरण गरेको र अधिनायकवादको बाटोमा सरकार अगाडि बढेको उहाको आरोप थियो ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्