प्रदेश सरकारको बजेट : गाडी र ल्यापटपमै स्वाहा


 


काठमाडौं । प्रदेश ३ सरकारले ल्याएको तीन महिने बजेटको कार्यान्वयनमाथि महालेखा कार्यालयले कमजोरी देखाएको छ। महालेखा कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रदेश ३ को लेखा परीक्षण प्रतिवेदनमा प्रदेश ३ सरकार अनुत्पादक क्षेत्रमा बजेट खर्च गर्न उद्धत रहेको औंल्याएको छ।

सवारी खरिद, कार्यालयका लागि आवश्यक सामग्री खरिदमा मात्र बजेट खर्च भएको देखिएको छ। विशेष गरी प्रदेश सरकारले करिब सात करोड रुपैयाँ बराबरको बजेट सवारी खरिदमा तथा अन्य बजेट कार्यालयका लागि आवश्यक कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन तथा अन्य मेसिनमा खर्च गरेको देखिएको खबर कान्तिपुर दैनिकमा छ।

प्राकृतिक स्रोत तथा वित्त आयोगबाट अनुदानतर्फ प्राप्त रकमलाई आम्दानी मानेर प्रदेश सरकारले २०७४/७५ मा एक अर्ब दुई करोड ५ लाख रुपैयाँको बजेट ल्याएको थियो।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्