विप्लव कार्यकर्ता हत्याको विरोधमा भोजपुर बन्द !


 


भोजपुर आफ्नो कार्यकर्ताको हत्याको विरोधमा विप्लव समुहले भोजपुर जिल्ला बन्दको आवाह्वान गरेपछि जनजिवन प्रभाभित भएको छ । विप्लव कार्यकर्ता र प्रहरी वीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको विरोधमा भोजपुर बन्द गरेको हो । बन्दको कारण सानाठुला सबै बसहरु सञ्चालन नहुन सकेका छैनन भने सदरमुकामका शैक्षिक संस्था पसलहरु समेत बन्द रहेका छन् ।

विप्लवको बन्दको आसिंक प्रभाव परेको सुरक्षा निकायले जनाएको छ । सञ्चालनमा रहेका सवारीसाधनलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले बताए । अघोसित रुपमा बन्द भएको कारण सर्वसाधरणहरु अलमलमा परेका थिए । विहान यातायात सञ्चालन नभएपछि मात्र बन्द भएको जानकारीमा आएको थियो । गत मंगलवार दिउसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा भिडन्त भएको थियो ।

प्रहरीको गोलि प्रहारबाट षडानन्द नगरपालिका २ कुदाककाउलेका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए । खुट्टामा गोलि लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । विप्लव समुहले भने उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको दावि गरेको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्