मुख्यमन्त्री शेरधन राईको गाउँ नै अध्याँरोः मोबाइलमा फोन आँउदा डाँडा चढछन स्थानीय


 


बिराटनगर,–एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनको राईको जन्म स्थान भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ३ पसल भन्याङ हो । उनका बुवा आमा अहिले पनि सोही स्थानमा बसोबास गर्छन् ।

तर बत्तीमुनिको अध्याँरो भने झै मुख्यमन्त्रीको गाउँपालिकामा अहिलेसम्म केन्द्रिय प्रसारणको विद्युत पुगेको छैन । अधिकाँश आमचोकबासीले उज्यालोको विकल्पको लागि सौर्य उर्जा प्रयोग गर्दै आइरहेका छन् ।

सौर्य उर्जाको पनि भर नहुने त्यहाँका बासिन्दाहरु बताउँछन् । हाल आमचोक गाउँपालिकामा ३५ सय घर धुरी छन् । स्थानीय खोलाहरुबाट उत्पादन गरिएको लघु जलविद्युत आयोजनाबाट ५ सय ५० घर धुरी मात्रैले विद्युत उपयोग गर्न पाएका छन् । त्यो पनि भोल्टेज कम भएर राम्रो उज्यालो नदिने उपभोताहरु बताउँछन् ।मोबाईलमा फोन आँउदा समेत नेटवर्कको अभावका कारण डाँडामा चढेर बोल्नुपर्ने बाध्यता रहेको छ ।

सौर्य उर्जा लगभग ७० प्रतिशतले प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । १२ प्रतिशत अझै पनि अध्याँरोमा बस्नु पर्ने बाध्यता बनेको आमचोक गाउँपालिकाले जनाएको छ । आमचोक गाउँपालिका अध्यक्ष अशोक राईका अनुसार आमचोकबासी अझै पनि अध्याँरोमा बस्नु भनेको राज्यको विभेदकारी नीतिलाई दोष दिन्छन् ।

उनी भन्छन्,‘यो सरासर राज्य व्यवस्थाको दोष हो, विभेदकारी नीतिले भोजपुरको दुर दराजमा पर्ने आमचौकबासीलाई पछाडि पारिएको हो ।’ मुख्यमन्त्री शेरधन राईलाई नै दोष थुपार्न भन्दा पनि राज्यले वेवास्ता गरेको अध्यक्ष राई बताउँछन् ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्