कुलमानले भारतीय कम्पनीसँग ठेक्का तोड्दै ३० लाख अमेरिकी डलर पनि जफत गरे


 


काठमाडौं । कामको प्रगति सन्तोषजक नभएपछि नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसगको ठेक्का तोडेको हो ।

कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लंघन गरेकाले ठेक्का तोडिएको जानकारी  दिनुभयो ।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्