विप्लवको आन्दोलनले जनताका छोराछोरी मर्दैछन्, तर विप्लवका छोरा डाक्टरी पढ्छन्


 


काठमाडौं । नेत्रविक्रम चन्द उर्फ विप्लव । महत्वाकांक्षी नेताका रुपमा चिनिने विप्लवले जनताको रोजगारी प्रभावित हुने गरी कैयन पटक विभिन्न क्रियाकलाप गरेका छन् । सार्वजनिक स्थलमा बम राखेर सर्वसाधारणको ज्यान लिएका पनि छन् ।

एकीकृत जनक्रान्तिको नाम दिएर शान्तिपूर्ण आन्दोलन गर्ने बताइरहेका विप्लवले गरिरहेको क्रियाकलापबाट आइतबार मात्रै पनि चार जनाको ज्यान गयो । यसअघि विप्लव समूहले नक्खुमा गराएको बम विष्फोटमा परि सिंहप्रसाद गुरुङको ज्यान गएको थियो।

गुरुङ सर्वसाधारण थिए । विप्लव समूहले गर्ने क्रियाकलापले सोमबार पनि धेरैजसो विद्यालय, कलेज बन्द छन् । विप्लव निकट विद्यार्थी संगठनले चन्दा नदिएको झोंकमा पनि शैक्षिक हड्ताल गर्दै आएको छ । एनसेलले चन्दा नदिएको भनेर एनसेलका टावरमा बम विष्फोटका मामिला पनि चर्चामा आउने गरेका छन् ।

जनताका छोराछोरीलाई प्रभावित पार्ने, पढाई प्रभावित पार्ने विप्लवले आफ्ना सन्तानलाई चाहिँ यस्तो आन्दोलनमा के काम दिएका होलान् ?भन्न् प्रश्न उब्जिन सक्छ । यो प्रश्नको जवाफ भने अनौठो छ । विप्लवका पुत्र प्रकाश चितवनमा एमबिबिएस पढ्दै छन्। उनी मेडिकल माफिया भनेर पनि आलोचित हुने हरिष न्यौपानेको चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन रत छन।

विप्लवको आफ्नै कुनै आय र जागिर छैन। तर डाक्टरी पढाउन कम्तिमा ५० लाख रुपैयाँ खर्च हुन्छ । यति धेरै रकम विप्लवले कसरी जोहो गरेका होलान् ? भन्ने कौतुहलता जाग्न सक्छ । सम्भवतः विप्लवसँग पनि प्रचण्डसँग जस्तै जादु गर्न सक्ने एक तोलाको सुनको सिक्री र कतै एक कठ्ठा जमिन हुन सक्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्