सांसद् साम्बाले भने – सांसदहरुको योजना छनोट गरेको लागू गरौँ


 


उर्लाबारी, जेठ २४

प्रदेश १ का एक संसदले भने सांसद विकास कोष खारेजीको माग गरेका छन् । सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा अन्य सांसदको भन्दा भिन्न माग राख्दै संसद विकास कोष खारेजीको माग गरेका हुन् । सांसद् साम्बाले भनेका छन् – प्रदेश न १ प्रदेश सरकारबाट राम्रो योजना छनोट गर्दा प्रदेशसभा सदस्यहरुले योजना छनोट गरेको लागू गर्ने हो भने निर्वाचन क्षेत्र बिकास कोष खारेज गर्दा राम्रो हुन्छ ।

प्रदेश सभामा पेश भएको विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्रथमिकता र प्रमुख नीतिसहितको पूर्व बजेट सम्बन्धमा छलफलमा भाग लिदै साम्बाले संसद विकास कोष मागी खाने भाँडो बनेको भन्दै खारेजीको माग गरेका हुन् ।

‘एउटै संसदको ५० वटा योजना आवश्यक छैन’,उनले भने ‘यो संसदहरुको मागी खाने भाँडोजस्तो मात्र बनेको छ, सरकारले संसदहरुको निर्वाचन क्षेत्रको विकासका लागि छुटाउने सांसद विकास कोष खारजी गर्नुपर्छ ।’

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्