अब सहकारीले चर्को व्याज लिए सस्था खारेज गर्ने ? मन्त्री अर्याल


 


पोखरा, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदा हुँदै पनि पनि चर्को व्याज लगाएको गुनासो आएको बताएकी छन् ।

सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीयतहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रर्वद्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारीले चर्को व्याज लगाएको सुनेको बताउदै जनताको सिधा पहुँच रहेका सहकारीले चर्को व्याज लिन नहुने बताइन् ।

सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उनको भनाइ थियो । ‘सहकारीमा अधिकांश न्यून आय भएका शेयर सदस्य रहेका छन् । शेयर सदस्यले धान्न नसक्ने व्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले ग्रामिण तथा विपन्न वर्गको पहुँच पुर्‍याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझाव समेत दिइन् । स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गरेकी थिइन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्