आज मेघगर्जनसहित वर्षा हुने


 


काठमाडौं, जेठ २६

आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

त्यस्तै रातिको देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी पहाडी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्