काँग्रेस छाडेर नेकपा प्रबेश गर्नेको सुनसरीमा लहर, ३९० जना नेकपामा प्रवेश


 


सुनसरी । नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका छन । शनिवार इनरुवा ४ मा आयोजित कार्यक्रममा सबैलाई नेकपा स्थायी कमिटी सदस्य एवम प्रदेश १ ईन्चार्ज भीम आचार्यले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन ।

नेकपा इनरुवा नगर कमिटीका सचिव रमेश तिम्सिनाका अनुसार वडा नम्बर ४ बाट अघिल्लो स्थानीय निर्वाचनमा वडासदस्यको उम्मेदवार समेत रहेका युवा राजेश मेहताको नेतृत्वमा मगाई सरदार, बसियादेवी मुसहर, सन्तोष चौधरी, दुर्गा माँझी, सञ्जिब उराँव लुकमान मन्सुरी, अनिल उराव, कृष्ण प्रसाई, गिता मण्डल, सिता प्रसाई, भगवती गौतम, रामाधिन मेहता, राजिब मेहतासहित २५० जना नेकपामा प्रबेश गरेका हुन ।

त्यसैगरी वडा नम्बर ८ बाट राजवती मण्डल, पल्टन शर्मा, रामचन्द्र मण्डल, ईन्द्रदेव मण्डलसहित ३७ जना प्रवेश गरेका हुन । वडा नम्बर १ बाट सुनिल साह, नवरत्न जैन, अजोधी साह, रामानन्द पोद्दार, रमेश साह,, मनोज साह, विनोद शर्मा, सुवास गुप्ता, गोपाल चौधरी, अरुणादेवी साहसहित ८२ जना नेपाली कांग्रेस परित्याग गरी र विनोद साह राजपा परित्याग गरी नेकपामा प्रवशे गरेका हुन ।

प्रदिप पन्तले सञ्चालन गरेको र असोक साहले स्वागत गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य भीम आचार्य, जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, प्रदेश सदस्य पोष्टकुमार नेपाल,शम्भुप्रसाद आचार्य, जिल्ला सदस्य रामप्रसाद मेहता, तिर्थ अधिकारी,रुद बस्नेत गोपी ढकाल लगायतले नवआगन्तुकहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्