नेपाली कांग्रेस गरिब किसानप्रति धेरै निर्मम देखियोः सचेतक चाैधरी


 


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं संसदीय दलको सचेतक शान्ता चाैधरीले नेपाली कांग्रेस गरिब किसानहरूप्रति अत्यन्तै निर्मम देखिएको बताएकी छिन । गुठी विधेयकका बारेमा कांग्रेसले गरेको भ्रमपूर्ण प्रचार गरेक भन्दै सचेतक चाैधरीले कांग्रेसको असलियत प्रष्ट भएको बताएकी छिन । उनले भनेकी छिन ‘नेपाली कांग्रेस गरिब किसानप्रति यति धेरै निर्मम छ भन्ने मलाई लागेको थिएन तर सत्य त त्यहि रहेछ । म फेरि पनि जोड दिएर भन्न चाहन्छु गुठी विधेयक तुरुन्तै आओस र सदियौं देखि जोत भोग गर्दै आएका भुमिहिन किसानले न्याय पाउन सकुन ।’

उनले समाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नो टिप्प्णी सार्वजनिक गर्दै यस्तो लेखेकी छिन

गुठी विधेयकका बारेमा विशेष गरि काठमाण्डौ उपत्यकाका जनतालाई वास्तविकता बुझाउने सबालमा कमजोरी रहन गयो । धर्म संस्कृतिलाई मास्ने गरि विधेयक पारित गर्न खोजियो भन्ने भ्रम छर्ने र जनतालाई उत्तेजित पार्ने शक्ति सक्रिय बन्यो ।वास्तविकता नितान्त फरक थियो । कसैलाई नेपालको राजनीति धमिलो बनाएर आफ्नो स्वार्थ पुरा गर्न पर्ने थियो त कसैलाई झुठो प्रचार गर्दै जनतालाई भड्काएर आफ्नो पक्षमा लिन पर्ने थियो । यद्यपि उपत्यकाका सवालमामा विधेयकको कुन दफा हटाउँदा र के थप्दा सरोकार वालाको चित्त बुझ्छ सोही अनुसार परिमार्जन गर्न तयार रहेको कुरा स्वयं भुमि व्यवस्था मन्त्रीले प्रतिबद्धता गर्नु भएको थियो । गुठी विधेयक फिर्ता होईन परिमार्जनले गरिब किसानलाई पनि न्याय दिन सकिने र धर्म संस्कृतिमा खलल हुन नदिने गरि कानुन बन्ने थियो । नेपाली कांग्रेस गरिब किसानप्रति यति धेरै निर्मम छ भन्ने मलाई लागेको थिएन तर सत्य त त्यहि रहेछ । म फेरि पनि जोड दिएर भन्न चाहन्छु गुठी विधेयक तुरुन्तै आओस र सदियौं देखि जोत भोग गर्दै आएका भुमिहिन किसानले न्याय पाउन सकुन ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्