देउवा भने मलाई त ब्रिटिस सेनाले नै ‘गार्ड अफ अनर’ दिएको थियो


 


काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु तथा राजीनामा दिएकी बेलायती प्रधानमन्त्रीको आश्वासनले मात्र कुनै अर्थ नराख्ने उनले बताएका हुन् ।

‘उहाँको बेलायतको भ्रमण सफल भएको छैन’, देउवाले भने, ‘उहाँलाई गोर्खा सेनाले गार्ड अफ अनर दिएछ । मलाई त ब्रिटिस सेनाले नै दिएको थियो । ह्वाइटहरुले सलामी नै गर्न मानेनन् त के गर्ने ? फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै दिएनछन् । बेलायतमा राजीनामा दिएको प्रधानमन्त्रीले के दिन सक्थिन् ? उहाँको विदेश भ्रमण असफल भएको छ ।’

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्