देउवाको कुरालाई गम्भीर लिन प्रधानमन्त्रीलाई आग्रह : भट्टराई


 


काठमाडौँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजको संसद् बैठकमा प्रकट गरेका कुरालाई गम्भीर रूपमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका सांसद योगेश भट्टराईले आग्रह गरे ।

देउवाले संसद्को बैठकमा आफ्नो धारणा राखे पश्चात् भट्टराईले यस्तो आग्रह गरेका हुन् l

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘आज प्रतिपक्षी दलका नेता माननीय शेर बहादुर देउवा धेरै रिसाएको मुडमा प्रस्तुत हुनुभयो । विषयवस्तु प्रतिको असहमति हो कि ? हिजो संसद्मा आफैबाट भएको गम्भीर गल्तीप्रतिको आत्मग्लानी ? जे भए पनि उहाँका कुरालाई गम्भीर रूपमा लिन प्रधानमन्त्रीलाई अनुरोध गर्दछु l ‘

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्