डेँगु फैलिन नदिन उर्लाबारीमा उच्च सतर्कता


 


उर्लाबारी, असार ४

डेंगु रोगको प्रकोप फैलिन नदिन मोरङको उर्लाबारी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ । डेँगु रोग फैलन नदिन उर्लाबारी–७ मा अव्यवस्थित तरिकाले राखिएका टायरलाई बुधबार नष्ट गरिएको छ।

उर्लाबारी क्षेत्रमा डेंगु रोगको प्रकोप फैलिन नदिन सतर्कता अपनाएको नगरप्रमुख खड्ग फागोले जानकारी दिए । डेंगु रोगविरुद्ध औषधि छिट्र्ने कार्यसमेत नगरपालिकाले गरिरहेको उनले बताए । उनले जथाभाबी रुपमा राखिएका टायरहरुलाई हटाउन सबैलाई आग्रहसमेत गरे ।

एडिस जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग फैलने हुनाले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । डेंगु एक प्रकारको भाइरल ज्वरो हो । यो रोग एडिस एजिपटाइप जातको पोथी लामखुट्टेको माध्यमबाट सर्ने गर्छ ।

यो लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । यसले सफा पानी जमेको स–सानो स्थानमा पनि फुल पार्ने गर्दछ । पानी जम्ने रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्ंयाकीमा डेंगु फैलाउने लामखुट्टेका प्रजातिले फुल पार्ने गरेको छ । सहरी क्षेत्रमा लामखुट्टेले फुल पार्न सक्ने यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्