नेकपा प्रवेशको तयारीमा नायिका करिष्मा


 


काठमाडौं। राजनीतिमा लागेर नायिका करिश्मा मानन्धरले फिल्ममा झै निकै दुःख र संघर्गा गरिन् । तर, त्यसअनुसार पार्टीले मूल्याङकन गरेन । फिल्म क्षेत्रमा जस्तो उनले राजनीतिमा सफलता पाइनन् । डा बाबुराम भट्टराईले पार्टीलाई नेतृत्व दिन सकेनन् बरु समाजवादी फोरमसँग लगेर पार्टी एकीकरण गराए ।

नयाँ शक्ति पार्टीमा बगाएको करिश्माको पसिना खेर गयो । तर, उनी निराश भएकी छैनन् । अझै राजनीतिमा सक्रिय हुने उनको चाहना छ ।
हालै एसइइ उत्तिर्ण गरेकी उनी नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गर्ने तयारीमा छिन् ।

स्रोतका अनुसार नेकपा प्रवेशका लागि उनले अध्यक्ष प्रचण्डसँग समेत भेटवार्ता गरिसकेकी छिन् । जिम्मेवारीसहित आफूलाई पार्टीमा प्रवेशका लागि उनले आग्रह गरेको स्रोत बताउँछ । प्रचण्डले पनि आफूले पार्टीभित्र छलफल गरेर छिट्टै खबर गर्ने बताएका छन् ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्