मोटरसाइकलको ठक्करबाट खड्गीको मृत्यु


 


मोरङ, असार २३

मोरङको बुढीगंगा गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट आज दिउँसो साइकलमा सवार एक जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बाटो काट्ने क्रममा बुढीगंगा–४ मा डेरा गरेर बस्ने खड्गीले चलाएको साइकललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते हुनुभएका खड्गीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी सोनापुरका २६ वर्षीय विष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्