सरकारले बनाइदियो साहित्यकार झमककुमारी घिमिरेलाई ३ करोडको घर


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बनाउन लागेको झमककुमारी घिमिरेको घर निर्माण अन्तिम तयारीमा पुगेको छ । उक्त घरको निर्माण कार्य भदौ महिनासम्म सम्पन्न गर्ने घर बनाउदै गरेका ठेकेदार दिनेश खड्काले बताए ।

उनलाई पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा घर बनाइने घोषणा गरेका थिए । साथै सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार दिने निर्णय गरिसकेको छ ।

घिमिरेको जीवन काँडाकी फूल नामक पुस्तकले मदन पुरस्कार समेत पाएको छ । शारीरिक अपाङ्गता भएकी घिमिरे बोल्न र हिडलुल गर्न सक्दिनन् । धनकुटा निवासी घिमिरे खुट्टाले लेखेर साहित्य सिर्जना गर्दै आएकी छिन ।

झमककुमारीको घर बनाउनको लागि प्रधानमन्त्री कोषबाट ३ करोड छुट्याएको थियो। नेपाल सरकारले गत साउनबाट १२ आना जग्गामा उक्त घर बनाउन थालेको हो । कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा पशुपति विकास कोषको जग्गामा घर बनाइएको छ ।

यस घर पूर्ण रुपमा अपाङमैत्री बनाएको छ । झमककुमारी शारीरिक रूपमा अपाङ्ग भएकोले उनी बस्ने घर अपाङमैत्री बनाइएको हो । ३ तले घरमा जम्मा ४ वटा मात्र कोठा बनाइएको छ । उनको घर भित्र ह्वलचियर मैत्री रहेको छ ।

झमककुमारीको घर निर्माणको लागि हाल सम्म १ करोड ३० लाख रूपैयाँ लागत लागेको छ । सबै घर सम्पन्न गर्नको लागि २ करोड ५० लाख लाग्ने ठेकेदार खड्काले जानकारी दिए ।

उक्त घर मंसिरमा प्रधानमन्त्रीले उद्घाटन गरी हस्तान्तरण गर्ने भएको छ । घर निमार्ण गर्नको लागि दैनिक १२ जना कर्मचारी आबद्ध रहेको खड्काले बताए ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्