खोटाङमा पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको निधन


 


खोटाङ, असार २७

खोटाङमा पहिरोले घरले पुरिएर खोटाङमा तीन जनाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा गएको पहिरोमा परि २९ वर्षीया रेखा राई र ४ वर्षीय छोरा रमन राई र सात महिनाका छोरा रोजन राईको मृत्यु भएको छ ।

पहिरोमा परेर ३१ वर्षीय विष्णु राईको घाइते अवस्थामा उद्दार गरिएको छ । राईको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्कलाई चिसापानी स्वास्थ्यचौकीमा पोस्टमार्टमका लागि लगिएको छ ।

बिहान पहिरोमा परेका उनीहरुको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घरमाथि सडक निर्माण भइरहेको र त्यहीबाट पहिरो खसेर घर पुरेको थियो । स्थानीय र प्रहरीले पुरिएको घर पन्छाएर शव निकालेका थिए ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्