आज अविरल वर्षा नहुने तर उच्च सतर्कता अपनाउन आग्रह


 


काठमाडौं,असार २९

मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक रहेको छ तर कमझोर अवस्थामा छ। यी प्रणालिहरूका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज शुक्रबार जस्तो अविरल वर्षा भने नहुने महाशाखाले जनाएको छ । तर पनि जोखिमपुर्ण ठाँउमा उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज र भोली केही रोकिएर पानी पर्ने छ । १०० मिलिमिटरभन्दा माथि वर्षा हुने सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्