देशको न्यूजकर्मी घिमिरेसहित दुई पत्रकार पुरस्कृत


 


उर्लाबारी, असार २९

मोरङको उर्लाबारी नगपालिकाको आईतबार साँझ सम्पन्न चौथो नगरसभामा देशको न्युज डटकमका समाचार सम्पादक सुमन घिमिरेसहित दुई पत्रकार पुरस्कृत भएका छन् ।

उर्लाबारीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका पत्रकार रुपेन्द्र शेर्मा र सुमन घिमिरे पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाले नगरमा पत्रकारिता क्षेत्रमा योगदान पुयाउँदै आएका प्रत्येक दुई जना पत्रकारलाई सञ्चार क्लब उर्लाबारीको समन्वयमा वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

नगसभामा पत्रकार शेर्मालाई रु २५ हजार राशीको विकाश पत्रकारिता पुरस्कार र पत्रकार घिमिरेलाई रु २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । शेर्मा प्रतिदिन दैनिक र रेडियो इन्द्रेणी तथा घिमिरे प्राइम एफएम, देशको न्युजमा कार्यरत रहेका छन् । नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले पत्रकारद्धयलाई पुरस्कृत गर्नुभएको थियो । यस्तै नगसभामा उत्कृष्ट कर्मचारीका रुपमा लेखा अधिकृत गोविन्द कार्की र कम्प्युटर प्राविधिक सुमित खवासलाई जनही २५ हजार राशी र सम्मान् पत्रले पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति: २९ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्